Comments Add Comment

विष्णु पौडेल भन्छन् : विखण्डनकारीलाई मूलधारमा ल्याउनु सानो उपलब्धि होइन

२४ फागुन, काठमाडौं । सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले विखण्डनकारी शक्तिलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने कार्यलाई सामान्य रुपमा नलिन र यसलाई महत्वपूर्ण उपलब्धी ठान्न आग्रह गरेका छन् ।

देश विखण्डनको अभियान लिएर हिँडेको शक्तिलाई मूलधारमा ल्याएर राष्ट्रिय अखण्डता स्वीकार गराइएको घटनालाई सामान्यरुपमा लिन नसकिने नेकपा नेता पौडेलले बताए ।

डा. सिके राउतको पृथकतावादी अभियान टुंग्याउन विभिन्न सूत्रमार्फत वार्तामा संलग्न रहेका नेकपा महासचिव पौडेलले राउतसँगको सहमति देशको राजनीतिमा महत्वपूर्ण उपलब्धी रहेको अनलाइननबरलाई बताए ।

पौडेलले भने, ‘लामो समयदेखि देश विखण्डनको एजेण्डा बोकेर पृथकतावादी गतिविधि गर्दै आएको समूह आज देशको सार्वभौमिकता, अखण्डता र अविभाज्य नेपाललाई मानेर शान्तिपूर्ण राजनीतिमा आएको छ, यो मुलुकको इतिहासमा धेरै ठूलो घटनाक्रम हो । यसले पृथकतावादी विचार र विखण्डनकारी सोच राख्नेहरुलाई कमजोर बनाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment