Comments Add Comment

श्रीसिया गोल्डकप : एपिएफद्वारा वीरगञ्ज पराजित

२४ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका २५ श्रीसियामा जारी धिरज चौधरी स्मृति ५ औं श्रीसिया गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार एपीएफ क्लब महोतरी विजयी भएको छ ।

वीरगञ्ज ड्राईपोर्ट सिर्सिया स्थित खेल मैदानमा भएको हाम्रो फुटबल क्लब वीरगञ्जलाई एपीएफ क्लब महोत्तरीले ३–० ले पराजित गरेको हो ।

१० टिम सहभागी प्रतियोगितामा विजेतालाई १ लाख ११ हजार र उपविजेतालाई ५१ हजार रुपैयाँ पुरस्कार दिने आयोजक क्लबका पंकज चौधरीले बताए ।

चैत २ गतेसम्म चल्ने प्रतियोगिता अन्र्तगत शनिबार सरस्वती युवा क्लब रौतहट र युवा स्पोस्र्टस क्लब वीरगञ्जबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment