Comments Add Comment

कविता : तिम्रै निम्ति बदलिन पाए हुन्थ्यो

शायद
म जटिल छु
तिम्ले हेर्दा
आफैले आफैलाई हेर्दा
तर त्यस्तो लाग्दैन
अलिअलि
बदलिन पाए हुन्थ्यो जस्तो लाग्छ
तिम्रै निम्ति भए पनि
तिम्ले भनेजस्तै गरी
यता नचाहँदा नचाहँदै
सुइँको नदिकन
आˆनै शरीर बदलेको छु
मेरो पुरानो फोटो हेर त ?
म बदलेकै हो नि होइन र ?
झ्यालै अगाडि रूख छ
अस्ति नै भन्दा फरक छ
हाँगामा अहिले हिउँ छ
उहिले पात हुन्थ्यो
तर थाहा छ ?
फेरिएझैँ लाग्ने
रूख त उही हो नि
घामपानीसँग जुद्धा
कहिले पहेँलो हुन्छ
कहिले खिग्रिङ्ग
दुईचार महिनामात्रै हो
फेरि उस्तै हुन्छ
अस्ति नै जस्तो
तिम्ले आफैं देखौली
म पनि त
त्यही रूखजस्तै छु
कहिले नीलो हुन्छु
कहिले रातो हुन्छु
कहिले कालो हुन्छु
थाहा छ-
म अलि जटिलै छु
तिम्ले भनेजस्तै गरी
अलिअलि
बदलिन पाए हुन्थ्यो
तिम्रै निम्ति भए पनि…।

(नेपाली चलचित्रका नायक कोइराला कविता संग्रहको प्रकाशनको तयारीमा छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment