Comments Add Comment

‘दंश घटनाक्रमले होइन, घटनाले उत्कृष्ट भएको हो’

पोखरा । कथाकार दिनमान गर्मुछानले कथा कृति ‘दंश’ घटनाक्रमले भन्दा पनि घटनाले उत्कृष्ट ठहरिएको बताएका छन् ।

शनिबार पोखरामा र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालले गरेको दंशमाथि गरेको कार्यक्रममा कथाकारले भने, ‘कतिपय कथा साह्रै उत्कृष्ट देख्नुहुन्छ होला । तर, त्यसो होइन । यो तपाईं हाम्रो भोगाइ भएरै उत्कष्ट भएको हो ।,’

आफू मधेस वरिपरि जन्मेहुर्किएकाले त्यतैको वास्तविकता कथामा उतारेको बताए ।

गर्मुछानले कृतिका कथामा धेरै कथा सत्य भएको र कथामा आˆनै अनुभव प्रयोग गरेको सुनाए ।

कथाकार गुर्मछानको कथासंग्रह ‘दंश’माथि कवि तथा पत्रकार प्रकाश अधिकारीले अवधारणा पत्र प्रस्तुत गरेका थिए । उनले कृतिमा प्रेम, समाज, मनोवैज्ञानिक तथा श्वैर कल्पना समेटर गर्मुछानले कथा लेखेको बताए । ‘धेरै कथा पहिले विभिन्न सञ्चार माध्ययममा प्रकाशित भइसकेका भएपनि उत्कृष्ट छन्,’ उनले भने ।

अधिकारीले कथा कृति समकालीन विषयवस्तुलाई समेटेको हुनाले पनि पठनयोग्य भएको चर्चा गरे ।

कृतिका प्रकाशक शाब्दिक बुक्सका नरेन्द्रकुमार नगरकोटीले आगामी दिनमा किशोरकिशोरीको मनोविज्ञानमा आधारित उपन्यास उडान किशोर किशोरी ल्याउन लागेको बता ।

र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालले मासिक रुपमा गर्दै आएको कार्यक्रमको ९४ औं शृंखलामा कथाकार गर्मुछानलाई मञ्चमा उभ्याएको हो । सोसाइटीले मासिक रुपमा कुनै पनि लेखक वा उनीहरुका कृतिमाथि बहस चलाइरहेको संस्थाका अध्यक्ष केशव शरण लामिछानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment