Comments Add Comment

सुरक्षा माग्दै म्यानपावर कम्पनीहरु बन्द

२६ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाले आफ्ना संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विष्फोट गराएको विरोधमा सबै म्यानपवरहरु बन्द गरिएका छन् । चन्दा नदिएपछि वैदेशिक रोजगार व्यवयायी संघका अध्यक्ष गुरुङको घरमा विप्लब समूहले शुक्रबार शक्तिशाली बम विष्फोट गरएको थियो ।

घटनाको विरोध र दोषीमाथि कारवाहीको माग गर्दै संघले नै आइतबार म्यानपावरहरु बन्द गर्ने निर्णय लिएको  छ । संघले आइतबार नै व्यवसायीको आकस्मिक भेला पनि आयोजना गरेको महासचिव नरेश गेलालले जानकारी दिए ।

‘व्यवसायमा असुरक्षाको अवस्था सिर्जना भएको छ, अब कसरी अघि बढ्ने भन्ने बारे भेलाले निर्णय लिन्छ,’ उनले भने ,’राज्यसँग हामी भरपर्दो सुरक्षाको माग गर्छौं ।’

विप्लब समूहले घटनाको जिम्मेवारी लिइसकेको छ । घटनामा परी ४ जना घाइते भएका थिए भने घरमा आगलागी पनि भएको थियो ।

वैवदेशिक रोजगार व्यवसायी संघले यसअघि विप्लब समूहले माग गरेको चन्दा दिन अस्वीकार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment