Comments Add Comment

अनावश्यक किनमेलबाट कसरी छुटकारा पाउने ?

किनमेल एवं सपिङ गर्ने कतिपयको सौख हुन्छ, कतिपयको वाध्यता । हामी बेलाबखत लत्ताकपडा, खाद्यन्न लगायत सामग्री बजारबाट किनमेल गरिरहेका हुन्छौं । यसमध्ये कतिपय यस्ता कुरा हुन्छन्, जो हामीलाई आवश्यक नै हुँदैन, तैपनि किन्छौं । कतिपय विलासिताको सामाग्री पनि किन्छौं । बजारमा भरिभराउ सामाग्री देखेपछि किन्ने रहर जाग्छ ।

हामीले यसरी किनेर ल्याएका सबै सामाग्री सही ढंगले उपयोग भइरहेको पनि हुँदैन । कतिपय त व्यर्थ नष्ट भएको हुन्छ । कति सामग्री पुन प्रयोग गर्न सकिन्छ, यद्यपी हामी नयाँ सामाग्री नै खरिद गर्छौं । किमनेल अर्थात सपिङ गर्ने यो प्रवृत्तिले हाम्रो व्यायभार बढाइरहेको हुन्छ । साथसाथै यसले पर्यावरणलाई असर पनि गरिरहेको हुन्छ । अर्कोतिर, हाम्रो समय र श्रम समेत गइरहेको हुन्छ ।

यस किसिमको किनमेल गर्ने प्रवृत्ति कसरी हटाउने त ? यस सन्दर्भमा अनेकौ प्रयोग र वहस भने भइरहेका छन् । कतिपयले प्राथमिकतामा राखेर अति आवश्यक चिजमात्र खरिद गर्ने योजना बनाएका छन् भने कतिपयले एक बर्षका लागि खरिद गर्दै नगर्ने प्रण पनि खाएका छन् ।

यसै सन्दर्भमा हिन्दी बीबीसीमा एक आलेख प्रकासित छ, जसले ‘बर्षभर केही खरिद नगर्ने’ ट्रेन्डबारे लेखेको छ । त्यसैको भावनुवाद यहाँ पेश गरिएको छ ।

के अनावश्यक कुरा किनमेल गरिरहनुभएको छ ?

हना लुईस पोस्टन पछिल्लो केही बर्षदेखि आफ्नो एक बानी छुटाउन चाहन्थी । उनी सौन्दर्य सामग्री, कपडा र घरको सामाग्री खरिद गर्न चाहन्थे, भलै उनीसँग यसका लागि पैसा थिएन ।

उनी भन्छिन्, ‘मलाई पूर्ण रुपमा किनमेलको लत लागेको थिएन । तीन हजार वा चार हजार डलरको बिल उठ्नसाथ म हडबडाउँथें र त्यसलाई घटाउने यत्न गर्थें । मसँग कतिपनि बचत थिएन ।’

३३ बषिर्य पोस्टनले सन् २०१८ मा एक बर्षका लागि किनमेल बन्द गरिन् । उनी यसबाट पैसा मात्र बचत गर्न चाहँदैन थे, किनमेलमा लाग्ने समय र उर्जा पनि बचाउन चाहन्थे ।

पुरा बर्षभर उनले कसम खाइन् कि, उनले मेकअप, स्किन केयर प्रोडक्ट, कपडा र अरु साजसज्जाको कुनै नयाँ सामान खरिद गर्नेछैन । फेसवाश जस्ता जरुरी चिजलाई उनले अपवादमा राखिन् ।

कम उपभोग, पुनः प्रयोग

पोस्टनले अनलाइन रिटेल साइटस्बाट आफ्नो क्रेडिट कार्डको सूचना हटाइन् । उनले आफ्नो अनुभव युट्युबमा शेयर गरिने । उनको भिडियो हेर्नेहरुले पनि यस्तै किसिमको अनुभव बताए ।

उनको युट्युब च्यानललाई एक बर्षमा २० हजार भन्दा बढी सब्सक्राइबर मिल्यो । उनी भन्छिन्, ‘मलाई दिनहुँ महिलाको इमेल आउथ्यो । उनीहरुले पनि मेरो जस्तै समस्या झेलिरहेका रहेछन् ।’

तर, उनीहरुले पोस्टनले जस्तै खरिददारी बन्द गर्ने कसम खाएनन् । बरु त्यसमध्ये कतिपयले के जुक्ति लगाए भने उनीहरुसँग जे-जति सामाग्री छ, त्यसलाई जतनसाथ पुनःप्रयोग गर्ने ।

कतिपय सामाग्री यस्ता हुन्छन्, जसलाई पटक पटक प्रयोग गर्न सकिन्छ । तर, हामी त्यसलाई डस्बिनमा मिल्काइदिन्छौं ।

मन बहलाउनका लागि किनमेल

सन् २०१७ मा लेखक ऐन पैचेटले एक बर्षसम्म कुनै किनमेल नगर्ने सम्बन्धमा लेख लेखेका थिए । उनका अनुसार उनी मन बहलाउनका लागि किनमेल गरिरहेका हुन्थे ।

वित्तीय विषयका लेखक मिशेल मैक्ग्राले त्यही बर्ष ‘दि नो स्पेन्ड ईयर’ नामक पुस्तक लेखे ।

गूगल, युट्युब आदिमा ‘नो बाइ इयर’ वा ‘नो स्पेन्ड च्यालेन्ज’ खोज्ने हो भने, यस्ता परिणमाम मिल्छ कि, जहाँ उपभोत्ताले आफ्नो अनुभव साझेदार गरिरहेका हुन्छन् ।

युट्युबको ब्युटी च्यानलमा ‘नो बाइ’ आम शब्द हो, त्यहाँ ‘नो बाई मन्थ’ वा ‘लिपस्टिक नो बाइ’ जस्ता खुब सामग्री देखिन्छ ।

सैन प|mान्सिस्कोको कन्ज्युमर साइकोलोजिस्ट किट यैरोले यस कुरामा उदेग मान्छन् कि, मानिसहरु ‘नो बाइ’मा पनि खरिदारी गरिरहेका छन् ।

उनी भन्छन्, ‘पछिल्लो करिब २० बर्षदेखि हामी सस्तो सामग्रीले भरिएका छौं । मान्छेसँग सामान राख्नका लागि ठाउँ पनि साँघुरो हुँदैछ ।’

मैरी कोंडोले कम सामग्रीबाटै काम-व्यवहार चलाउने अभियान सुरु गरेका थिए । यैरो भन्छन् कि, ‘लक्ष्य एकै हो, आफ्नो चिजमा नियन्त्रण राख्ने ।’

उनी ‘नो बाइ इयर’लाई सामाग्रीहरु जम्मा गर्ने लोभको प्रतिकारको रुपमा बुझ्छन् ।

खरिदारी एक समस्या

यो चुनौती मन्जुर गर्ने कति व्यक्ति अति-उत्पादनको युगमा कम उपभोग गर्न चाहन्छन् । उनीहरु पर्यावरण जोगाउन चाहन्छन् र आफ्नो घरलाई सफासुग्घर राख्न चाहन्छन् ।

कति व्यक्तिलाई लाग्छ कि उनीहरुका लागि खरिदारी एक समस्या बनेको छ । एक शोध समीक्षामा थाहा भएको थियो कि, खरिदारीको लत वा बाध्यकारी खरिदबाट विश्वको लगभग ५ प्रतिशत जनसंख्या प्रभावित छन् । विशेषज्ञका अनुसार यो लतको गंभीरता अलग-अलग व्यक्तिमा अलग-अलग स्तरमा हुन्छ । यो समस्या बढिरहेको छ र यसको उपचारको लागि राम्रो विकल्प भनेको साधनको जरुरत हो ।

खरिदारी एक नशा

यस लतले ग्रस्त व्यक्ति खरिदारी गरिरहेका समय एक किसिमको नशामा हुन्छन् । जस्तो कि, कुनै व्यक्ति जसरी लागुऔषधको नशामा हुन्छन् ।

न्यूयोर्कका मनोवैज्ञानिक जार्डना जैकब्ज भन्छन्, ‘जब हामी किनमेल गछौं, तब हामी डोपामाइन -मस्तिष्कको न्यूरोन्सबाट निस्कने रसायन)मा एक ताप मिल्छ । यही कारण हाम्रो मुड केही समयका लागि ठिक हुन्छ ।

जार्डन जैकब्ज जुन व्यक्तिको उपचार गर्छन्, उनीहरु अक्सर स्वभिमानका लागि खरिदारी गरिरहेका छन् ।

सन् २०१६ पछि पोस्टनको बानी एकदमै बिगि्रएर गएको थियो । उनी जिन्दगीको अरु कुरा सोच्दैनथे, जति किनमेलको बारेमा सोच्थे । उनी यस्ता कुरा किन्ने बिचारमा घोत्लिइरहेका हुन्थे, जो आवश्यक छैन ।

मानसिक स्वास्थ्यको कुरा

विशेषज्ञका अनुसार एक बर्षसम्म खरिदारी नगर्दा मानसिक स्वास्थ्यमा सुधार आउँछ । जैकब्स भन्छन्, ‘धेरै मान्छे दुःख, समस्याबाट ध्यान हटाउनका खरिदारीको सहारा लिने गर्छन् ।’

खासमा किनमेलमा पटक्कै ध्यान नदिने हो भने हामीले पैसा मात्र बचत गर्नेछैनौ, मानसिक स्वास्थ्य पनि ठिक हुन्छ ।

सिड्नी अष्ट्रेलियाकी २६ बषिर्य लेखिका र ब्लगर एम्मा नारिसले सन् २०१९ लाई नो बाइ इयर बनाउने प्रयास गरेकी छिन् । उनको अपेक्षा के छ भने, यसरी किनमेलमा नलागेपछि उनीसँग अरु बढी समय हुनेछ । हुन त यसअघि उनी दिक्कलाग्दो दिन कटाउन र एक्लोपनबाट मुक्ती लिनका लागि कपडा खरिद गर्थे । ‘मलाई लाग्थ्यो कि, म किनमेल गर्ने चक्करबाट कहिल्यै बाहिर आउनेछैन । किनभने म केवल किनमेलमै लिप्त थिएँ ।’

काममा पनि काम चल्छ

खरिदारी बन्द गर्ने निर्णय गर्नुअघि नारिसले आफ्नो दराज खोतले । यसबाट उनलाई के थाहा भयो भने, उनीसँग कति लुगाफाटो छ र अब कति चाहिन्छ ।

अब आवश्यक एवं जरुरी सामाग्री खरिद गर्नेबाहेक उनले अन्य कुरा किनमेल गर्ने सोंच बद्लिन् । उनलाई लाग्छ कि, अब उनको खर्च घट्नेछ ।

उनी किनमेलमा दिने समय अब आफ्नो व्यवसाय र युट्युब च्यानलमा लगाउनेछन् ।

बद्लियो जिन्दगी

खरिदारी बन्द गरेपछि पोस्टनको जिन्दगी पुरा रुपमा बद्लियो । उनी भन्छन्, ‘न मेरो केवल मेरो व्यवहार बद्लियो, म स्वय्मप्रति मेरो सोंच पनि बद्लियो । म आफुभित्रको खराब तत्वबाट बच्नका लागि खरिदारी गरिरहेकी थिएँ ।’

यैरो भन्छन् कि बर्षभरका लागि हरेक चिज खरिद बन्द गर्नु जरुरी छैन । तर यो प्रयोगले नाटकिय रुपमा तपाईंका समस्याग्रस्त व्यवहार बद्लिन्छ । उनी भनिछन् कि, उपभोक्ताले आफ्ना लागि इमान्दार हुनुपर्छ । कुन कुरालाई प्राथमिकतामा राखेर खरिद गर्ने र कुन कुरामा कटौती गर्ने भन्ने जान्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment