Comments Add Comment

निरुता सिंहलाई डेंगु

केही समय नेपालमा रहेकी नायिका निरुता सिंह बिरामी भएपछि मुम्बई पुगेकी छिन् । मुम्बइमा उपचार गर्दा उनलाई डेंगु भएको खुलेको हो । केही समय अगाडि चलचित्र ‘क्याप्टेन’को प्रमोशनका लागि नेपालगञ्जमा पुग्दा उनलाई डेंगु भएको वुझिएको छ ।

लामो समयदेखि रुघा र खोकीले ग्रस्त निरुतालाई मुम्बई फर्किएपछि मात्र डेंगु भएको पत्ता लागेको हो । निरुता केही दिनदेखि उनको मुम्बइमा उपचार भैरहेको छ । निरुताले आफू अहिले उपचारको क्रममा रहेको र आफूलाई निकै डर लागेको उनी निकट चलचित्रकर्मीलाई बताएकी छिन् ।

निरुताले चलचित्र ‘दाल भात तरकारी’को छायांकनको क्रममा पनि आफूलाई निकै जाडो भएको बताउने गरेको निर्माता किरण केसी बताउँछन् । निरुताले अभिनय गरेको चलचित्र ‘दाल भात तरकारी’ बैशाख १३ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment