Comments Add Comment

फेरि बढ्न थाल्यो सुनको भाउ

२६ फागुन, काठमाडौं । पछिल्ला केहीदिन यता लगातार घट्दै आएको सुनको भाउ आइतबार फेरि उकालो लागेको छ । शनिबार ६० हजार २ सयमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तीन सय रुपैयाँ बढेर प्रतितोला ६० हजार पाँच सय रुपैयाँ कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजार आइतबार सुन प्रतिऔंस १.१३ डलर बढेपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रतिऔंस एक हजार २ सय ९८ दशमलब ३५ डलरमा कारोबार भइरहेको छ । अमेरिका-चीनबीचको व्यापारिक तनावका कारण डलर कमजोर हुँदै गएकाले पनि सुनको मूल्यमा असर गरेको व्यवसायीको भनाइ छ ।

एशिया क्षेत्रमा भारतीय मुद्रा कमजोर हुँदै जानु, सेयर बजार कमजोर भइरहेको र बेरोजगारी बढ्दा सुनमा लगानी बढेको व्यवसायीको तर्क छ । गत साता सुनको भाउ प्रतितोला ६३ हजारसम्म पुगेको थियो ।

यस्तै आइतबार तेजाबी सुनको भाउ पनि तीन सय रुपैयाँ बढेर ६० हजार २ सयमा कारोबार भइरहेको छ भने चाँदीको भाउ १० रुपैयाँ बढ्दै प्रतितोला ७ सय ४५ रुपैयाँ खरिदबिक्री भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment