Comments Add Comment

एनआरएनए युएईले पायो सामाजिक संस्थाको मान्यता

युएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएई शाखा युएईको सरकारी निकायमा दर्ता भएको छ । अध्यक्ष रमेश श्रेष्ठको नेतृत्वमा एनआरएन युएई सामाजिक संस्थाको रुपमा दर्ता भएको हो ।

एनआरएनए युएई कानुनी रुपमा वैधानिकता पाउने युएईको दोस्रो नेपाली सामाजिक संस्था हो । युएईमा व्यवसाय गर्दै आएका पाल्पाका डा। दिनेश आचार्यको नेतृत्वमा दुई वर्षअघि ‘हामी नेपाली’ नामक संस्था दर्ता भएर वैधनाकिकता पाएको थियो ।

आइतबार नेपाल एसोसेसनको नाममा युएईको कम्युनिटी डेभलपमेन्ट अथोरेटी ९सीडीए०मा दर्ता भएको संंस्थाले सामाजिक, सांस्कृतिक, मनोरञ्जन, खेलकुदलगायतका कार्यक्रमको आयोजनाका साथै परोपकारी काम गर्न पाउने एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले बताए।

‘युएइमा रहेका अन्य नेपाली संस्थासँग सहकार्य गरेर हामी अघि बढ्छाैं। चाडैँ अन्य नेपाली सामाजिक संस्थाका प्रतिनिधिहरुसँग छलफल गर्नेछाैं, ‘ उनले भने।

युएईमा सामाजिक संस्था खोल्न न्यूनतम १० जना हुनुपर्ने र त्यसमा दुईजना युएईका नागरिक हुनुपर्ने प्रावधान छ । सोहीअनुसार संस्थामा दुईजना स्थानीय नागरिक र ८ जना एनआरएनए युएईका वर्तमान कार्यसमितिका पदाधिकारी छन्। जसमा निर्मलकुमार पोखरेल राजु केसी, कृष्णप्रसाद पौडेल, नवीन पौडेल, ठक्करबहादुर कार्की, कल्पना राई र नेत्रप्रसाद शर्मा छन्।

संस्थाको कार्यालय डेरा दुबईको आबु बकर अल सिद्दिकी मेट्रो स्टेसन नजिक स्पेडिक्स भवनको १०६ कोठा नम्बरमा राखिएको छ ।

दर्ता प्रमाणपत्र एकवर्षका लागि मात्रै हुने भएकाले हरेक वर्ष नविकरण गराउनुपर्ने एनआरएन युएईका प्रवक्ता मनु क्षेत्रीले जानकारी दिए ।

सामाजिक संस्थाका रूपमा दर्ता भएको प्रमाणपत्र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment