Comments Add Comment

रामप्रसाद राई गाउँपालिकालाई अन्तरपालिका भलिबलको उपाधि

२६ फागुन, भोजपुर । भोजपुरको दावाँमा आयोजना गरिएको अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि रामप्रसाद राई गाउँपालिकाले हात पारेको छ ।

आमचौक गाउँपालिका र रामप्रसाद राई गाउँपालिका बीचको फाइन प्रतिस्पर्धामा सोझो ३ सेटमा हराउँदै रामप्रसाद राई टिम विजयी भएको हो । त्यस्तै आमचौक गाउँपालिका दोस्रो र अरुण गाउँपालिका टिम तेस्रो भएका छन् ।

कृष्णलक्ष्मी-लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान र दावाँली मिलन क्लब काठमाडौंको संयोजकत्वमा भोजपुर नगरपालिका-४ मा आयोजना गरिएको प्रतियोगितामा जिल्लाका अरुण गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, रामप्रसाद राई गाउँपालिका र पौवादुङ्मा गाउँपालिका गरी ६ वटा टिम प्रतिस्पर्धामा उत्रिएका थिए ।

प्रतियोगिता अन्तर्गत प्रथम, दोस्रो र तेस्रो हुने टीमलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

ग्रामीण युवाहरुको क्षमता प्रस्फुटनसँगै भलिबल खेलको विकासका लागि प्रतियोगिता सञ्चालन गरिएको दावाँली मिलन क्लब काठमाडौँका अध्यक्ष रोशन श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment