Comments Add Comment

महिला साफ च्याम्पियनसिप : भीआईपी टिकट ३००, साधारण २०० रुपैयाँ

२६ फागुन, काठमाडौं । विराटनगरमा यही फागुन २८ देखि चैत्र आठसम्म साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुदैछ । यो प्रतियोगितामा खेल हेर्न आउने दर्शकका लागि टिकट दर तोकिएको हो

अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल हेर्न आउने दर्शकका लागि भिआईपीतर्फ ३०० रुपैयाँ टिकट दर तोकेको छ । त्यस्तै, साधारण प्याराफिटतर्फको टिकट दर २०० रुपैयाँ तोकेको छ । टिकट रंगशाला परिष्रमै पाउने छ भने दर्शकको लागि इ–सेवाबाट पनि उपलब्ध हुने एन्फाले जानकारी दिएको छ ।

त्यस्तै, साफ महिला च्याम्पियनसिप सम्पन्न गर्नका लागि करिब १ करोड ६५ लाख नगद लाग्ने एन्फाले जनाएको छ । त्यस्तै प्रतियोगिता सम्पन्न गर्नका लागि विराटनगर महानरपालिकाले एन्फालाई एक करोड सहयोग गरेको छ ।

शहिद रंगशालामा हुने प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन् ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् । नेपाल रहेको समूहमा भुटान र बंगलादेश रहेको छ । नेपालले आफ्नो पहिलो खेल भुटानसँग १२ मार्चमा खेल्दै छ । त्यस्तै, समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले १६ तारिख खेल्दैछ । नेपाल साफ च्याम्पियन बन्ने लक्ष्यमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment