Comments Add Comment

फेसबुकमा क्विज खेल्नुहुन्छ ? सावधान ! ६० हजार प्रयोगकर्ताको डाटा लिक

युक्रेनमा बस्ने दुईजना युवकहरुले एक अनलाइन क्विजका माध्यमबाट ६० हजारभन्दा धेरै फेसबुक प्रयोगकर्ताको फेसबुक प्रोफाइल डाटा चोरी गर्न सफल भएका छन् ।

अनलाइन क्विजको माध्यमबाट प्रयोगकर्ताको ब्राउजरमा भाइरसयुक्त एक्सटेन्सन इन्स्टल गराएर उनीहरुले प्रयोगकर्ताको फेसबुक प्रोफाइलका डाटा लिक गराएका हुन् । फेसबुकले ती दुई युवाविरुद्ध मुद्दा दायर गरेसँगै यो तथ्यको खुलासा भएको हो ।

समाचार अनुसार एन्ड्रयू गोबूेकोभ र ग्लेब स्लक्वेस्कीले प्रयोगकर्ताको फेसबुक न्यूज फिडमा विभिन्न खालका अनधिकृत विज्ञापनहरु देखाउनका लागि एक ब्राउजर एक्सटेन्सनको प्रयोग गरेका थिए । त्यसका लागि उनीहरुले फेसबुक प्रयोगकर्तालाई हाजिरीजवाफको प्रयोग गरी लोभ्याएका थिए । प्रयोगकर्ताले फेसबुकमा उनीहरुले राखेको अनलाइन क्विजमा भाग लिएसँगै वेब ब्राउजरमा उक्त एक्सटेन्सन इन्स्टल हुन्थ्यो ।

उक्त ब्राउजर एक्सटेन्सनलाई यस्तो रुपमा तयार गरिएको थियो कि जब एप प्रयोगकर्ता फेसबुक वा अन्य कुनै सोसल मिडिया नेटवर्किङ्ग साइटमा लगइन गर्दछ तब उसको अकाउन्टका जानकारीहरु चोरिन्छन् र लिक हुन्छन्, जसका कारण प्रयोगकर्ताको फेसबुक न्यूज फिडमा अनधिकृत विज्ञापनहरु पनि देखा पर्दछन् । ती दुईज्ना युवकहरुले वेब सन ग्रुप नामक कम्पनी सञ्चालन गरिरहेका थिए ।

युक्रेनको किभमा बस्ने ती दुई युवाले ह्याकिङ्ग प्रतिरोधी कानूनको उल्लंघन गरेको र उनीहरु विरुद्ध फेसबुकको नियम उल्लंघन गरेको अभियोगमा मुद्दा दायर गरिएको फेसबुकले जनाएको छ ।

उनीहरुले खासगरी रुसी भाषी फेसबुक प्रयोगकर्ताहरुलाई लक्षित गरेको बताइएको छ ।

फेसबुकका अनुसार ती दुई युवाले कूल ६३ हजार फेसबुक प्रयोगकर्ताद्वारा ब्राउजर एक्सटेन्सन इन्स्टल गराएर डाटा लिक गराउन सफल भएका र अनधिकृत विज्ञापन प्रकाशन बाट फेसबुकलाई ७५ हजार डलर नोक्सान भएको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment