Comments Add Comment

भारतीय अर्बपतिका छोरोको विवाहमा गरिब एवं अनाथलाई भोज

को-को बने पाहुना ?

मध्यमवर्गिय परिवारका लागि विवाह निकै झन्झटिलो र खर्चिलो हुनेगर्छ । तर, यो सामाजिक परम्परा निर्वाह गर्नैपर्ने बाध्यताले धेरैलाई ऋणात्मक अवस्थामा पुर्‍याउने गर्छ । वैवाहिक समारोह, भोजभत्तेर, गरगहना, दाईजो जस्ता अनेक कुराले विवाह ‘बोक्नै नसक्ने भारी’ बन्ने गर्छ ।

तर, जोसँग प्रशस्त धनदौलत छ, उनीहरुको विवाह कस्तो हुन्छ होला ? विवाहमा उनीहरुको सान शै कत कस्तो हुँदो हो ? विवाहको तामझाम कस्तो हुँदो हो ? के-कस्ता पाहुना विवाहमा सहभागी हुँदो हो ? भोज-भत्तेर कस्तो चल्दो हो ?

आकाश अम्बानीको विवाहले उल्लेखित जिज्ञासा मेट्न केही हदसम्म मद्दत गर्छ । आकाश अम्बानी, जो भारतका सर्वाधिक धनाड्य मुकेश अम्बानीका छोरो हुन् । आकाशले हालै श्लोका मेहतासँग विवाह गरेका थिए ।

उनीहरुको विवाह त्यसैपनि भव्य हुने भयो । घतलाग्दो त के भने, विवाहको सुरुवातमा उनीहरुले गरिब एवं असाह्यलाई भोजन गराएका थिए ।

अघिल्लो बर्ष डिसेम्बर महिनामा मुकेश पुत्री ईशा अम्बानीको विवाह भएको थियो । उनको विवाहमा बलिउड स्टार्सदेखि राजनीतिज्ञ, खेलाडीहरुको सहभागिता थियो । अमेरिकाको राजनीीतमा खास दख्खल राख्ने हिलरी क्लिन्टन पनि उक्त विवाहमा पाहुना बनेकी थिइन् ।

ईशाको वैवाहिक समारोहको भव्यताले त्यसबेला धेरैलाई चकित तुल्याएको थियो । उनको विवाहमा मुम्बईको अम्बानी हाउस फूल र लाइटले सजाइएको थियो ।

यसपाली मुकेश पुत्रको विवाह भयो । विवाहको तयारी विगत लामो समयदेखि चलिरहेको थियो । उनीहरुको विवाह मुम्बईस्थित जियो वल्र्ड सेन्टरमा यही शनिबार धुमधामसँग भयो ।  । आमाशको विवाह हीरा कारोबारी रसेल मेहताकी सबैभन्दा कान्छी छोरी श्लोका मेहतासँग भएको हो ।

सन् २००९ मा धीरुभाई अम्बानी इन्टरनेशनल स्कुलबाट आईबी डिप्लोमा प्रोगाम पुरा गरेर आकाशले सन् २०१३ मा अमेरिकाको ब्राउन युनिभर्सिटीबाट बिजनेस कमर्समा ग्राजुएसन गरेका थिए । ग्राजुएसनपछि उनी रिलायन्स जियोइन्फोकम लिमिटेडको साथमा छन् ।

आकाशको अघिल्लो बर्ष गोवामा इंगेजमेन्ट भएको थियो, जसमा उनका परिवारका नजिकका नातेदारहरुको उपस्थिती थियो ।

श्लोका, रसेल मेहता र मोना मेहताका तेस्रो सन्तान हुन् । रसेल मेहता रोजी ब्लू डायमन्डस्का प्रवन्ध निर्देशक हुन् । उनी विश्वकै ठूला हीरा व्यवसायीमा उनको नाम आउँछ ।

अम्बानी र मेहता परिवार एकआपसमा राम्ररी परिचित छन् । आकाश र श्लोका एकसाथ धीरुभाई अम्बानी इन्टरनेशनल स्कुलमा पढेका थिए ।

सन् २००९ मा धीरुभाई अम्बानी इन्टरनेशनल स्कुलबाट पढाई पुरा गरेपछि श्लोकाले अमेरिकाको प्रिन्स्टन युनिभर्सिटीबाट मानवशास्त्रको पढाई गरेकी थिइन् ।

त्यसपछि उनले लन्डनको स्कुल अफ इकोनमिक्सबाट कानुनमा स्नातकोत्तर गरिन् र सन् २०१४ देखि रोजी ब्लू डायमन्डको निर्देशकको रुपमा काम गर्न थालिन् । श्लोकालाई पुस्तक पढ्न र समाजसेव ागर्नमा एकदम रुची छ ।

उक्त विवाहमा बलिउड हस्तीहरु आउने नै भए । विवाह समारोहमा बलिउड सेलिब्रेटीले विशेष प्रस्तुती समेत दिएका थिए ।

उक्त प्रस्तुतीको हालै भिडियो सार्वजनिक भएको छ, जसमा रणवीर कपूर, हार्दिक पान्ड्य, करण जौहर, नीता अम्बानी लगायतले मस्त नृत्य गरिरहेको देखिन्छ । विवाह समारोहमा रजनिकान्तदेखि आमिर खानसम्मका सेलिब्रेटीहरु पाहुना बनेका थिए । विवाहमा रतन टाटा, आनन्द महिन्द्रा, गूगलका सिईओ सुन्दर पिचई विवाहमा सहभागी थिए । साथै बि्रटेनका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर विवाहको खास पाहुना बनेका थिए । साथै पूर्व संयुक्त राष्ट्र महासचिव बान की मून लगायत विवाहमा आएका थिए ।

समारोहमा पि्रयंका चोपडा, आलिया भट्ट, करीना कपूर, कटरिना कैफ, ऐश्वर्य राय ट्रेडिशनल आउटफिटमा ठाँटिएका थिए । पुरा विवाह समारोहमा पि्रयंका चोपडा र शाहरुख खान पत्नी गौरी खानको ट्रेडिशनल साडीको लुक भने निकै चर्चामा रह्यो । उनीहरु दुबैको गेटअप लुकले आगन्तुकलाई लोभ्याएको थियो ।

विवाहअघि गरिबलाई भोजन

आकाश अम्बानी र श्लेका मेहताको विवाहअघि आगन्तुक वा विशिष्ठ पाहुनालाई होइन, गरिब एवं असाहयलाई भोजन गराइएको थियो । विवाहको सुरुवात नै यति रोचक ढंगले गरिएको थियो कि, करिब २ हजार गरिब र अनाथ बच्चालाई मिठो मसिनो खानेकुरा ख्वाइएको थियो । आकाश अम्बानी र श्लोका मेहताले आफ्नै हातबाट उनीहरुलाई खाना ख्वाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment