Comments Add Comment

‘दाल भात तरकारी’को शिर्ष गीतमा निरुता र हरिवंशको यस्तो गेटअप

वैशाखको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’ चर्चामा छ । चलचित्रमा समावेश ‘भिजिट भिषामा’ बोलको गीत चर्चामा रहेपछि यसको निर्माणपक्ष उत्साहित छ । यो गीतले युटुबमा करोड बढी भ्यूज पनि पाइसकेको छ ।

अब, यसको निर्माणपक्षले शुक्रबार नयाँ गीत सार्वजनिक गर्ने तयारी गरेको छ । शम्भुजित बास्कोटाको संगीत, हरिवंश आचार्यको शब्द रहेको गीतमा राजेशपायल राइ र स्मिता दाहालको स्वर छ ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का र आँचल शर्मालाई फिचरिङ गरिएको छ । प्रविण सिंहले यो भिडियोको कोरियोग्राफी गरेका हुन् । मह संचारको प्रस्तुतिमा तयार भएको चलचित्रलाई किरण केसीले निर्माण गरेका हुन् । चलचित्रमा सुदन केसीको निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment