Comments Add Comment

विवेकशील नेपालीले गठन गर्‍यो प्रवास समन्वय समिति

२७ फागुन, काठमाडाैं । विवेकशील नेपाली दलले अन्तर्राष्ट्रिय (प्रवास) समन्वय समिति गठन गरेको छ ।

अन्तर्राष्ट्रिय सदस्यहरुको अनलाइन भेलाबाट सञ्जय रिमालको अध्यक्षतामा २१ सदस्य तदर्थ समिति गठन गरिएको विवेकशील नेपाली दलका प्रवक्ता मिलन पाण्डेले जानकारी दिए ।

समितिको उपाध्यक्षमा सुरेश भट्ट, कोषाध्यक्षमा सुवास बस्नेत र सचिवमा जीवन कार्की रहेका छन् ।

भेलाले चेतनाथ निरौला (साउदी अरेबिया), रविन गुरुङ (साउदी अरेबिया), शुमिका बज्राचार्य (ओमान), निता दाहाल गजुरेल (कतार), लक्ष्मी ओली (अमेरिका), विश्व महर्जन (दक्षिण कोरिया), विनोद कार्की (युएई), सारा प्याकुरेल (जर्मनी), ईश्वर भट्टराई (जापान), बिन्दु शर्मा (जापान), सुनिल ढकाल (न्युजिल्याण्ड), शीतल शर्मा (न्युजिल्याण्ड), राजीव खड्का (कुवेत), नितु श्रेष्ठ (कुवेत), सौविध्य मनोज (अस्ट्रेलिया), कैलाश थापा (क्यानडा), मदन पौडेल-राज छेत्री (भारत)लाई सदस्यमा चयन गरेको छ ।

प्रवास समितिलाई विवेकशीलले ८औं प्रदेश भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment