Comments Add Comment

हेटौंडाको स्वदेशमा उत्पादित जुत्ता-चप्पलको प्रदर्शनी हुँदै

Photo Credit : फाइल फाेटाे

२७ फागुन, हेटौंडा । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न भन्दै हेटौंडामा जुत्ता चप्पलको प्रदर्शनी हुने भएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघ तथा फुटवेयर एसोशियसनको संयुक्त आयोजनामा फागुन २८ गतेदेखि २० दिनसम्म प्रदर्शनी हुने भएको हो ।

सोमबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले हेटौंडाको पल्पसा हलमा जुत्ता चप्पलको प्रदर्शनी गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार मेलामा नेपाली ब्रान्डको जुत्ता रहेको ५० वटा स्टलहरु रहने छन् । २ करोड ५० लाख बराबरको कारोबार हुने अनुमान गरिएको मेला २ लाख ५० हजार जनाले अवलोकन गर्ने आयोजको प्रक्षेपण छ । नेपाली जुत्ता चप्पलका चर्चित सात ब्रान्डका उत्पादनलाई प्रदर्शनीमा राखिने आयोजकको भनाइ छ ।

प्रदर्शनीमा पार्टीवेयर ,स्कुल कलेज, स्पोर्ट्स , लेडिज चप्पल, डिइमएस जुत्ता सहितका नेपालमै उत्पादन भएका जुत्ता सुपथ मुल्यमा बिक्रीका लागि राखिने समिति संयोजक उपाध्यायले बताए । मेलामा हरेक जुत्तामा १६ देखि ६० प्रतिशतसम्मको छुटको अफर रहने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment