Comments Add Comment

के अपिलको ‘प्रताप’ गर्लान् त अनमोलले ?

चलचित्र ‘ए मेरो हजुर ३’को छायांकन र प्रचारमा व्यस्त रहेका नायक अनमोल केसीलाई एक नयाँ चलचित्रबाट अफर गरिएको छ । चलचित्र ‘कागजपत्र’का निर्देशक अपिल बिष्टले उनलाई फरक कथामा निर्माण हुन लागेको लभ स्टोरी चलचित्रबाट अफर गरिएको हो ।

चलचित्रको नाम ‘प्रताप’ राखिएको छ । अनमोललाई चलचित्रको शिर्ष भूमिकाका लागि अफर गरिएको हो । निर्देशक बिष्टले अनलाइनखबरसँग भने–‘हो, हामीले अनमोललाई चलचित्र अफर गरेका छौ । उनले वन लाइट स्टोरी पनि सुनिसकेका छन् । फाइनल कथा पनि तयार भैसकेको छ ।’

अनमोलले चलचित्रको वन लाइन स्टोरी मन पराएका छन् । अपिलले अगाडि भने–‘मैले पहिलेदेखि नै अनमोललाई यो चलचित्रमा काम गर्नुपर्छ भनेर अनमोललाई भनेको थिए । यो केही महंगो बजेटमा बन्ने चलचित्र हो ।’ अनमोलसँग ‘ए मेरो हजुर ३’को रिलिजपश्चात चलचित्रको बिषयमा फाइनल कुरा हुनेछ । अनमोलले चलचित्रका लागि हुन्छ भनेको खण्डमा जेठबाट यसको छायांकन सुरु गर्ने योजना अपिलको छ ।

चलचित्रको सम्पूर्ण छायांकन नेपालमा हुने अपिलले जानकारी दिए । चलचित्र ‘ए मेरो हजुर ३’ पश्चात अनमोलको पाइपलाइनमा कुनै पनि चलचित्र छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment