Comments Add Comment

मदिराले स्वास्थ्यलाई कसरी ध्वस्त बनाउँछ ?

एउटा ठट्यौली छ, ‘मदिरा पिउनु स्वास्थ्य र स्वास्नी दुबैको लागि हानिकारक छ ।’ हाम्रो समाजमा महिलाको तुलनामा पुरुषले बढी मदिरा पिउँछन् । कतिपय पुरुष के ठान्छन् भने, मदिरा पिउनु आफ्नो लैंगिक प्रवृत्ति हो ।

तर, महिला र पुरुषको शरीर संरचना उस्तो भिन्न हुन्न । मदिराले महिलालाई जति हानी गर्छ, उत्तिनै पुरुषलाई पनि । अक्सर के देखिन्छ भने, घरमा श्रीमती खानपिन तयार गर्ने र श्रीमान् चाहि मदिरा पिउन साथीभाई जमघट गर्ने ।

अब तपाईंले महिलाको ठाउँमा आफुलाई उभ्याउनुहोस् त । तपाईंका पार्टनर मस्त मदिरा पिएका छन्, साथीभाई जमघट गराएका छन् । उनीहरुको अर्डर अनुसारको खान्की तपाईंले तयार गरिदिनुपर्छ । कतिपय परिकार मिठो नभएको टिप्पणी पनि तपाईंले सुन्नुपर्छ । जुठो भाँडावर्तन तपाईंले उठाइदिनुपर्छ । उनीहरु हो-हल्ला गर्छन्, चुरोट तान्छन्, मदिराको गन्ध छँदैछ । यी सबै तपाईंले चुपचाप सहनुपर्छ । उनीहरु आफ्नो मर्जी अनुसार जति समय पनि रमाइलो गर्न सक्छन् । त्यसबेलासम्म तपाईं सहनसिल भएर चुपचाप उपस्थित हुनुपर्छ ।

जबकी तपाईंले केही खानुभयो ? तपाईंलाई दिक्क पो लाग्यो कि ? तपाईंलाई गाह्रो त भएन ? तपाईंलाई निद्रा लाग्यो ? यस्ता प्रश्नहरु कसैले सोध्दैनन् । पार्टनरले पनि ।

हो, श्रीमान्का आफ्ना साथी-संगत हुन्छन् । उनीहरुसँगको भेटघाट, भलाकुसारी व्यर्थ नहुन पनि सक्छ । कहिले काहीँ रमाइलो गर्न मन लाग्छ । घरमै उनीहरुले यस्तो रमाइलो गर्ने योजना बनाएका हुनसक्छन् । तर, श्रीमान्ले रमाइलो गरिरहँदा, मदिरा सेवन गरिरहँदा त्यसले घरको वातावरणलाई कसरी विथोल्छ भन्ने कुरा पनि सोच्नुपर्ने हुन्छ ।

ठट्यौली सही, ‘मदिराले स्वास्थ्य र स्वास्नी दुबैलाई हानी गर्छ ।’

मदिरा कति हानिकारक ?

मदिरा सेवनले स्वास्थ्यमा गंभीर हानी गर्छ भन्ने कुरा संभवत मदिरा पिउने अधिकांशलाई थाहा छ । तर, पनि उनीहरु स्वास्थ्य भन्दा स्वादमा लोभिन्छन् । उनीहरु ठान्छन्, मदिराले कम्तीमा आनन्द दिन्छ । मुड प|mेस गराउँछ । रमाइलो गराउँछ ।

तर, मदिराले दिने रमाइलोको आयु कति हुन्छ ?

दुई घण्टा ? तीन घण्टा ? चार घण्टा ? बढीमा पाँच घण्टा । मदिराले क्षणभरमै आनन्द दिने हो । तर, त्यसबाट जति आनन्द प्राप्त हुन्छ, उत्तिनै शारीरिक हानी पनि । अतः मदिराले गर्ने हानी हामीले जीवनभर भुक्तान गर्नुपर्छ ।

दुई घण्टा रमाइलो गर्न पिएको मदिराले जीवनभर कष्ट दिइरहन्छ ।

कम वा सन्तुलित मदिरा पिउनु घातक छैन ?

मदिरा पिउनेको अनेक वाहाना हुन्छन् । कतिले यसलाई नियन्त्रित मात्रामा सेवन गर्दा फाइदा गर्छन् भन्छन् । कतिले अन्य खानेकुरा सलाद, फलफूलसँग सेवन गर्दा स्वास्थ्यलाई खास खराब गर्दैन भन्छन् ।

हालै एक अध्ययनको निचोड के निस्किएको छ भने, कम वा सन्तुलित मदिरा पनि स्वास्थ्यका लागि उत्तिनै हानिकारक छ ।

कम मात्रामा मदिरा सेवन गर्दा उच्च रक्तचापको संभावना बढ्नेछ । यस अध्ययनमा करिब १७ हजार व्यक्ति सामेल थिए । उनीहरुलाई तीन वटा समूहमा विभाजन गरियो । पहिलो समुह, जो पटक्कै मदिरा सेवन गर्दैनथे । दोस्रो समुह, जो हप्तामा ७ देखि १३ पटकसम्म मदिरा सेवन गर्थे । तोस्रो समुह, जो हप्तामा १४ पटकभन्दा बढी समय मदिरा सेवन गर्थे ।

यसको नतिजा उदेगलाग्दो थियो । स्टडी अनुसार हप्तामा ७ देखि १३ पटक मदिरा पिउने व्यक्तिहरुमा अधिक तनावको खतरा ५३ प्रतिशत थियो । उनीहरुको उच्चा रक्तचाप पनि पाइएको थियो । त्यसैगरी जो व्यक्ति हप्तामा १४ पटकभन्दा बढी मदिरा सेवन गर्छन्, उनीहरुको स्वास्थ्य अरु खराब थियो । उनीहरुमा तनावको खतरा ६९ प्रतिशत पाइयो । साथै उनीहरु उच्च रक्तचापको पनि जोखिममा थिए ।

भनिहालौ, मदिरा र उच्च रक्तचाप आपसमा जोडिएका हुन्छन् । मदिरा एक हाई इनर्जी डि्रंक हो, यसमा क्यालोरी एकदम धेरै हुन्छ । यसले कजेलो र मस्तिष्कलाई एकदम खराब गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment