Comments Add Comment

प्रतिबन्धबारे कांग्रेससँग परामर्श भएको छैनः डा. महत

२८ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाउनबारे सरकारले आफ्नो दलसँग कुनै परामर्श नगरेको बताएको छ ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आफ्नो दलले हिंसात्मक गतिविधिको सँधै विरोध गर्ने बताए । तर, सरकारले सुरुदेखि विप्लव समूहको गतिविधिलाई गम्भिर रुपमा नलिएको र वार्ताका लागि गम्भिर प्रयास पनि नगरेको बताए ।

अनलाइनखबरसँग कुरा गर्दै महतले भने, ‘विप्लव समूहबारे हामीले भन्दा उहाँहरु बढी परिचित हुनुपर्छ । तर, वार्तालाई सुरुदेखि नै जुन गम्भिरताका साथ लिनुपथ्र्यो, त्यो लिएको पाइएन । उनीहरुले आफ्नो गतिविधि गरिरहे र जनधनको क्षति भइरहृयो ।’

अहिले विप्लव समूहमाथि प्रतिबन्ध लगाउँदा पनि आफ्नो दलसँग सरकारले कुनै परामर्श नगरेको उनले प्रष्ट पारे । ‘विपक्षीसँग कुनै सम्वाद छलफल भएको छैन । उहाँहरु हामी जे सोच्छौं, त्यो नै सही हो भन्ने ढंगले चल्नु भएको छ’ पूर्वपरराष्ट्रमन्त्री समेत रहेका डा. महतले भने, ‘यो दुर्भाग्यपूर्ण हो ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने राजनीतिक प्रतिबन्ध लगाएर मात्र समाधान नभएको बताए । हिंसात्मक गतिविधिको कांग्रेसले सँधै विरोध गर्ने तर, राजनीतिक समाधान खोज्न प्रधानमन्त्रीले पहल पनि गर्नुपर्ने उनले बताए ।

सरकारले के योजनाका साथ प्रतिबन्ध लगाएको हो थाहा नभएको भन्दै सहमहामन्त्री महतले भने भने, ‘व्यवहारिक रुपमा शान्ति सुरुक्षा कायम गर्ने योजना पनि हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment