Comments Add Comment

विप्लवमाथि प्रतिबन्ध लगाएर अस्ट्रिया उडे बादल

२८ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहलाई आपराधिक ठहर गर्दै प्रतिबन्ध लगाएर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अस्ट्रियाको भियनातर्फ लागेका छन् ।

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेलगत्तै उनी भियनाका लागि उडेको बादलको सचिवालयले जनाएको हो ।

उनी राति ९ बजे अष्ट्रियका लागि उडेका छन् । संयुक्त राष्ट्र संघको यूएनओडीसीले गर्ने लागूऔषध र अपराधसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ लागेका हुन् ।

गृहमन्त्री थापासँगै उनका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई, लागूऔषध नियन्त्रण महाशाखाका सह–सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायत गरी ५ जना भ्रमण टोलीमा छन् । उनीहरु चैत ३ गते स्वदेश फर्किनेछन् ।

यो पनि, प्रहरी भन्छ– अब विप्लवका कार्यकर्ता जहाँ भेट्यो, त्यहीँ समातिन्छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment