Comments Add Comment

महिलाका जुत्ता सुँघेर यौन आनन्द लिने अनौठो व्यक्ति, जसले ७० जोर जुत्ता चोर्यो

मानिसका मनोरोग तथा शौखहरु पनि कस्ता–कस्ता ! जापानका माकोटो इन्डो नामका एकजना व्यक्ति महिलाका ७० जोर जुत्ताचप्पल चोरेको आरोपमा पक्राउ परेका छन् ।

ती व्यक्तिले महिलाका जुत्ता चप्पल चोर्नुको कारणचाहिँ अनौठो रहेछ । वास्तवमा उनले यौन आनन्द प्राप्त गर्नका लागि महिलाका जुत्ता चोर्दा रहेछन् ।

जापानको पूर्वी सहर साइतामा र तोचिगीमा उनले महिलाका चप्पल चोरेका हुन् । महिलाले लगाएर मैलो भएका जुत्ता चप्पल चोर्ने र ती जुत्ता चप्पललाई सुँघेरे यौन आनन्द प्राप्त गर्ने उनको बानी थियो ।

आफूलाई महिलाले लगाएका जुत्ताको गन्धले यौन आनन्द दिने उनले पुलिससामु बताएका छन् । अझ रोचक त के भने केवल महिलाका मात्र होइन, पुरुषका जुत्ताको गन्धले पनि उनलाई उस्तै यौन आनन्द दिने रहेछ ।

उनको निवासबाट प्रहरीले ठूलो संख्यामा चोरीका पुराना जुत्ता चप्पल बरामद गरेको थियो । उनीमाथि प्रहरीले चोरीको आरोपमा मुद्दा हालेको छ । उनले सन् २०१७ र २०१८ को बीचमा झण्डै ३ लाख रुपैयाँ मूल्य बराबरका ७० जोरभन्दा धेरै प्रयोग गरेका जुत्ता चप्पल चोरी गरेको बताइएको छ ।

उनी गत सेप्टेम्बरमा पक्राउ परेका थिए । जुत्ता सुँघेर यौन आनन्द प्राप्त गर्ने अनौठो बानी भएका उनी विश्वमै पहिलो व्यक्ति भएको बताइन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment