Comments Add Comment

धुलोले आक्रान्त स्थानीयले बन्द गराए कलंकी-नागढुंगा सडक

Photo Credit : फाइल फाेटाे

२९ फागुन, काठमाडौं । धुलो-धुँवाका कारण समस्यामा परेको भन्दै स्थानीयले गरेको कलंकी-नागढुंगा सडक अवरोध हटेको छ । धुलोका कारण समस्यामा परेको तर सरकारी निकायबाट कुनै पहल नभएको भन्दै थानकोट आसपासका स्थानीयले बिहान ९ बजेपछि दुबैतर्फका सवारी ठप्प पारेका थिए ।

करिब ४५ मिनेटको अवरोध पछि अहिले दुबैतर्फको सवारी आवात-जावत सुरू भएको  ट्राफिक प्रहरी चाैकी कलंकीका प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए ।

प्रहरी निरीक्षक भट्टका अनुसार वार्तामार्फत समस्याको समाधान गर्न स्थानीयहरु सहमत भए पछि आवरोध खुलेको हो ।

यसअघि पनि स्थानीयहरुले बेला-बेलामा धुलो उडेको भन्दै प्रदर्शन गर्ने गरेका थिए । स्थानीयको प्रदर्शन पछि धुलो मार्न दैनिक पानी हाल्ने गरिए पनि समस्या समाधान हुन नसकेको भन्दै उनीहरुले मंगलबार सडक जाम गरेका हुन् ।

चन्द्रागिरि नगरपालिकामा केहिबेर पछि बार्ता गरे समस्या समाधान गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment