Comments Add Comment

विद्युत सर्ट भई आगलागी हुँदा ७ लाखको धनमाल नष्ट

२९ फागुन, महोत्तरी । विद्युत सर्ट भई आगलागी हुँदा महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरमा ७ लाखभन्दा बढीको क्षति भएको छ ।

भङ्गाहा नगरपालिका–४ रामनगरस्थित बिजुली ठाकुर बडहीको घरमा बुधबार बिहान बिद्युत सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आगलागीबाट लत्ताकपडा, धातुका भाँडाकुँडा र गरगहना जलेर नष्ट हुँदा सात लाखभन्दा बढीको नोक्सान भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।

घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

ठाकुरको पक्कीघरको मुख्य राखनधरन गरिने कोठामा बिजुली पङ्खाबाट विद्युत सर्ट भइ आगलागी भएको हो ।

आगलागी हुनासाथ सीतापुर प्रहरी चौकीबाट पुगेका प्रहरी र त्यहाँका स्थानीयबासीले आगो निभाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment