Comments Add Comment

‘कंलक’मा माधुरीसँग काम गर्न पाउँदा संजय दत्त खुशी

निकै आशा गरिएको चलचित्र ‘कंलक’को टिजर सार्वजनिक भएको छ । मल्टिस्टारर चलचित्रको टिजर दमदार बनाइएको छ । अहिले टिजरले सकरात्मक प्रतिकृया पाइरहेको छ भने दर्शक पनि उत्साहित बनेका छन् ।

कंलकमा बरुण धवन, आलिया भट्ट, सोनाक्षी सिंह र आदित्य रोय कपुरको मुख्य भूमिका छ । चलचित्रमा २१ वर्षपछि संजय दत्त र माधुरी दिक्षित सगैं पर्दामा देखिएका छन् ।

चलचित्रमा माधुरीसँग काम गर्न पाउँदा निकै खुशीको लागेको संजयले बताएका छन् । उनले भनेका छन्, ‘माधुरीसँग काम गर्दा निकै रमाइलो भयो । धेरै समय पछि सँगै काम गर्ने संयोग मिल्यो । आगमी दिनमा पनि उनीसँग काम गर्ने इच्छा छ ।’

माधुरी पनि संजयसँग काम गर्न पाएकोमा निकै खुसी छिन् । उनी भन्छिन्, ‘२१ वर्षपछि मैले पुरानो जोडीसँग काम गर्न पाएको छु । यसमा निकै खुशी लागेको छ ।’

अभिषेक वर्मान निर्देशित यस चलचित्रले अपि्रल १७ लाई आफ्नो रिलिज मिति तय गरेको छ । चलचित्रलाई धर्मा प्रोडक्सनले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment