Comments Add Comment

महिला साफ : आज बंगलादेश र भुटान भिड्दै, नेपाल सेमिफाइनल नजिक

३० फागुन, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलमा आज बंगालदेश र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । सम्भवत: आजैको खेलले समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टिमको छिनोफानो हुनेछ ।

विराटनगरको शहिद रंगशालामा दिउँसो तीन बजे बंगालदेश र भुटानबीचको खेल सुरु हुनेछ । भुटानको यो समूह चरणको अन्तिम खेल हो । यसअघि भुटानले उद्घाटन खेलमा आयोजक नेपालसँग प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा भुटान ३–० गोलअन्तरले पराजित भएको थियो ।

आज हुने खेलमा बंगलादेशले भुटानलाई पराजित गरेमा समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टिमको छिनोफानो हुनेछ । यस्तो अवस्थामा नेपाल र बंगलादेशले समान एक–एक खेल खेल्नु अघि नै सेमिफाइनल यात्रा तय गर्नेछ ।

तर भुटानसँग बंगालदेश पराजित भएमा सेमिफाइनलको टुंगो अन्तिम खेलले लाग्ने छ । समूह ‘ए’ को अन्तिम खेलमा नेपाल र बंगालदेशले १६ मार्चमा प्रतिस्पर्धा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment