Comments Add Comment

बेरोजगार युवकले जिते ३० अर्बको चिट्ठा

अमेरिकाको न्युजर्सीमा एकजना बेरोजगार युवतीले आफूलाई भाग्यचिट्ठा पर्ने आशामा चिट्ठा टिकट खरीद गरे । तर नतिजा निस्किनु अगाडि नै उनले किनेको टिकट हराए । आखिर मानिसको भाग्यमा भएपछि चाल्नोमा दुध दुहेर पनि अड्छ भन्ने उखानलाई चरितार्थ गर्दै ती बेरोजगार युवकलाई चिट्ठा परेर रातारात अर्बपति बने ।

उनले हराएको त्यो टिकट एकजना अन्जान मानिसले फेला पारेर उनलाई फिर्ता दिएका रहेछन् । सोही भाग्यचिट्ठा परेपछि उनले २७ करोड ३० लाख डलर अर्थात् झण्डै ३० अर्ब रुपैयाँ जिते । ती युवकको नाम माइकल जे विर्यस्की हो ।

विर्यस्कीका अनुसार उनले लटरी खुल्ने अघिल्लो दिन नै दुईवटा टिकट खरीद गरेका थिए । तर टिकट खरीद गरेकै पसलमा उनले ती टिकट खसालेछन् । उनले यताउता टिकट खोजे तर भेटेनन् । अर्को दिन उनी पुनः त्यो पसलमा गएर काउन्टरमा आफ्नो हराएको टिकट कतै भेटियो कि भनेर सोधे । संयोगवश कुनै एकजना मानिसले ती टिकट भेट्टाएर काउन्टरमा दिएका रहेछन् । काउन्टरका कर्मचारीले ती टिकट फिर्ता दिँदा विर्यस्की गदगद भए ।

उनले ती टिकट फिर्ता ल्याएर गोजीमा राखेका थिए । दुई दिन बितिसकेको थियो । उनकी आमाले चिट्ठाका बारेमा के भयो ? भनेर सोधेपछि उनी झसँग भए । जब उनले मोबाइलमा उक्त चिठ्ठाको एप हेरे तब उनी झण्डै मुर्छा परेनन् । उनलाई त ३० अर्ब रुपैयाँ बराबरको चिठ्ठा परेको थियो ।

विर्यस्कीका अनुसार उनी पछिल्लो १५ वर्षदेखि बेरोजगार थिए । उनको अनौठो बानी भनेको चिट्ठा खरीद गर्ने रहेछ । उनले हरेक हप्ता चिठ्ठा किन्नका लागि २० डलर खर्च गर्ने रहेछन् । उनको गत वर्ष पत्नीसँग डिभोर्स भएको थियो । अन्ततः उनको भाग्य चम्कियो । अब उनले चिठ्ठामा परेको अर्बौँ रुपैयाँले आफ्नो नयाँ जिवन सुरु गर्नेछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment