Comments Add Comment

प्रतिबन्ध र बम दुवै समाधान होइनन् : जनार्दन

३० फागुन, काठमाडौं । पूर्व गृहमन्त्रीसमेत रहेका नेकपाका नेता जनार्दन शर्माले सरकारको प्रतिबन्ध र विप्लवको हिंसा दुवै गलत भएको बताएका छन् ।

सरकारले हालै विप्लवमाथि लगाएको प्रतिबन्ध र विप्लवबाट भइरहेका हिंसात्मक गतिविधिलाई लिएर नेकपाभित्रै मतान्तर बढिरहेका बेला नेता शर्माले दुवैको कार्यशैली गलत भएको टिप्पणी गरेका हुन् ।

शर्माले दुवै पक्षलाई  संविधानमार्फत पछिल्लो समस्याको निकास निकाल्न पनि सुझाएका छन् ।

‘प्रतिबन्ध समाधान होइन, बम पडकाउनु त झन हुँदै होइन’, शर्माले विप्लव प्रतिबन्धबारे धारणा सार्वजनिक गर्दै ट्विट गरेका छन्, ‘चाहिएको समाधान हो । संविधान भित्रै मत,जनमत र अभिमत मार्फत खोजौं आ–आफना समाधान ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment