Comments Add Comment

इदमा फिल्म रिलिज गर्न अक्षयले सलमानलाई सोधे ?

हामी सबैलाई थाहा छ, हरेक वर्षको इदमा सलमान खानले आफ्नो नयाँ चलचित्र रिलिज गर्ने गर्छन् । इद त सलमानको पेवा जस्तै भै सकेको छ । यस वर्षको इदमा पनि सलमानले आफ्नो नयाँ चलचित्र ‘भारत’ रिलिज गर्दैछन् ।

तर, अर्को वर्षको इदमा भने अक्षय कुमारको ‘सुर्यवंशी’ रिलिज गर्ने  पक्का भएको छ । सुर्यवंशीले इदलाई आफ्नो रिलिज मिति तोकेसँगै बलिउडमा अक्षयले सलमानलाई सोधेर इदमा चलचित्र रिलिज गर्न लागेको गसिप सुरु भएको छ । तर, यस कुरालाई अक्षयले मिथ्या भएको बताएका छन् ।

अक्षयले सलमानलाई फोन नगरेको बताए । उनले भने, ‘चलचित्रको मिति तय गर्न निर्माण युनिटसँग सल्लाह गर्नुपर्छ । अर्को कोही कलाकारसँग गर्नुपर्छ जस्तो लाग्दैन ।’ सलमान र अक्षय एकदमै मिल्ने साथी हुन् । उनीहरुको मित्रता निकै लामो समयदेखि मजवुद छ ।

रोहित सेट्टीको निर्देशनमा बन्ने चलचित्र सुर्यवंशीलाई प्रतिक्षित चलचित्रका रुपमा हेरिएको छ । यस चलचित्रमा अक्षय एक प्रहरी अफिसरको भूमिकामा प्रस्तुत हुदैँछन् । चलचित्रलाई लिएर अक्षय पनि निकै उत्साहित छन् । अहिले अक्षय आˆनो चलचित्र ‘केसरी’को प्रचारमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment