Comments Add Comment

अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादीको सुचीमा राख्ने प्रस्ताव चीनले फेरि रोक्यो

३० फागुन, काठमाडौं । पाकिस्तान केन्द्रित कट्टरपन्थी समुह जैस ए मोहम्मदका संस्थापक मौलाना मसूद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादीको कालोसूचीमा समावेश गर्ने भारतको प्रयास फेरि असफल भएको छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा अमेरिका, बेलायत र फ्रान्सले संयुक्त रुपमा यो प्रस्ताव लगेका थिए, जसलाई चीनले भिटो लगाएर रोकेको हो ।

एएफपीका अनुसार सुरक्षा परिषदलाई दिएको आफ्नो नोटमा चीनले भनेको छ कि मसुद अजहरमाथि प्रतिबन्ध लगाउने अपीललाई बुझ्न उसलाई केही समय चाहिन्छ । त्यसो त यसअघि पनि अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषित गर्ने प्रस्तावलाई चीनले नै दुईपटक रोकिसकेको छ ।

यसअघि सन् २०१६ र २०१७ मा यस्तो प्रस्ताव पेश भएको थियो । अजहरको संगठन जैस ए मोहम्मदलाई भने सन् २००१ मा नै आतंकवादी संगठन घोषित गरिएको थियो ।

यदि अजहरलाई कालोसूचीमा राखिएको भए उनीमाथि यात्रा प्रतिबन्ध लाग्ने थियो र उनका अन्तर्राष्ट्रिय सम्पत्तिहरु जफत हुने थिए । उनको नेतृत्वको जैस ए मोहम्मदले नै हालै भारत प्रशासित कश्मिरको पुलवामामा गरिएको आत्मघाती आक्रमणको जिम्मेवारी लिएको थियो, जसमा ४० जना भारतीय सुरक्षाकर्मी मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment