Comments Add Comment

चलचित्र निर्माताको दुई संघबीच एकीकरण

३० फागुन, काठमाडौं । चलचित्र निर्माताको दुईवटा संघबीच बुधबार एकीकरण भएको छ । चलचित्र निर्माता संघ र चलचित्र निर्माता संघ, नेपालबीच नौं बुँदे सहमतिपछि एकीकरण भएको हो ।

चलचित्र निर्माता संघको अध्यक्षमा आकाश अधिकारी छन् भने चलचित्र निर्माता संघ, नेपालको अध्यक्ष नवल खड्का छन् ।

सहमतिअनुसार खड्का नेतृत्वको संघ अब अस्तित्वमा रहने छैन । त्यसबापत अधिकारी नेतृत्वको संघमा खड्का नेतृत्वको संघबाट एक जना वरिष्ठ उपाध्यक्ष, एक जना उपाध्यक्ष र तीन जना सदस्य मनोनीत गर्ने सहमति भएको छ ।

चलचित्र निर्माता संघमा राजकुमार राई अध्यक्ष हुँदा आर्थिक अनियमितता भएको र निर्माताको पक्षमा काम नगरेको भन्दै नवलले अर्को संस्था स्थापना गरेका थिए । नवलले संघमा राख्दै आएका मागलाई आकाश अधिकारी नेतृत्वको निर्माता संघले सम्बोधन गरेपछि दुई संघबीच एकीकरण भएको हो ।

सहमति पत्रमा चलचित्र निर्माताले हलबाट ६० प्रतिशत शेयर पाउने वातावरण तयार पार्ने, राष्ट्रिय चलचित्र नीति २०७१ र बक्स अफिस कार्यान्वयनमा जोड दिइने लगायतका बुँदामा दुई संघबीच कागजी सम्झौता पनि भएको छ ।

अधिकारी नेतृत्वको निर्माता संघको १५ औं साधारण सभा अगावै नवल खड्का नेतृत्वको निर्माता संघको दर्ता खारेज हुने सहमति पनि भएको छ । निर्माता संघको साधारण सभा चैत २ मा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment