Comments Add Comment

गोयन्का स्टिल उद्योगमा आगलागी

३० फागुन, बुटवल । मायादेवी गाउँपालिका–५ सेमरीस्थित गोयन्का स्टिल उद्योगमा आगलागी भएको छ ।

बिहीबार दिउँसो साढे एक बजे तिर आगलागी भएको हो । आगलागीबाट ठूलो क्षति नभएको रुपन्देही प्रहरीले जनाएको छ ।

गस्तीमा रहेको प्रहरी समयमै घटनास्थल पुगेपछि भैरहवा र लुम्बिनीका दुई दमकलले चाँडै नै आगो निभाउन सफल भएको कम्पनीका कर्मचारीले जानकारी गराए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी धर्मराज भण्डारीका अनुसार उद्योगमा रहेको तेलको ट्यांकी विस्फोट भएर आगलागी भएको हो । आगलागीबाट के–कति क्षति भयो भन्ने विवरण भने तत्काल भन्न नसकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment