Comments Add Comment

लगातार फिल्म फ्लप भएपछि खाली हात मरिस्का

‘के म तिम्रो हैन र’ मार्फत् नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका मरिस्का पोखरेललाई सम्भावना बोकेकी नायिकाको रुपमा हेरिएको थियो ।

उक्त चलचित्र पश्चात् मरिस्काले लगातार चलचित्रमा काम गरिरहिन् । उनले हालसम्म आधा दर्जन चलचित्रमा अभिनय गरिसकिन् ।

मरिस्का अभिनित पहिलो चलचित्र केही हदसम्म सफल भयो । उनी अभिनित दोस्रो चलचित्र ‘चपली हाइट २’ले पनि औसत व्यापार गर्‍यो । तर, त्यसपछिका चलचित्रहरुमा भने मरिस्काले सफलता चाख्न पाएकी छैनन् । उनी अभिनित चलचित्र ‘लम्फू, पण्डित बाजेको लौरी, साली कस्को भेनाको, मिस्टर भर्जिन’ लगातार असफल भए । लगातारको असफलता पछि अहिले मरिस्का खाली हात छिन् ।

मरिस्का भने यस कुरालाई मान्दिनन् । उनी भन्छिन्, ‘म केही समय देश बाहिर थिए । आफ्नो पर्सनल कामले गर्दा व्यस्त भएको थिए । मेरो नयाँ कामको बारेमा छिट्टै जनकारी पाउनुहुनेछ ।’

मरिस्काले आफ्नो नयाँ चलचित्रको बिषयमा केही बोल्न नमिल्ने बताइन् । उनले भनिन्, ‘साइन गरेको छु वा छैन पनि भन्न मिल्दैन । केही समय कुर्नुस् न, पक्कै थाहा पाउनु हुनेछ ।’

तर, मरिस्काले साइन भएको छ वा छैन भन्ने कुरा पनि नखुलाउँदा उनको हातमा काम छ नै भनेर विश्वास गर्ने आधार देखिन्दैन । लगतार चलचित्र असफल भएपछि मरिस्कालाई आफ्नो चलचित्रमा लिएर चुनौती मोल्न सायदै निर्माता तयार होलान् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment