Comments Add Comment

संगठित अपराध गरेकाले विप्लव समूहमाथि प्रतिबन्ध : सरकार

३० फागुन, काठमाडौं । संगठित अपराध गरेकाले विप्लव समूहमाथि प्रतिबन्ध लगाउनु परेको सरकारले बताएको छ । साथै प्रचलित कानुनअनुसार नै प्रतिबन्ध लगाएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले संगठित अपराध ऐन २०७०, फौजदारीलगायतका कानुन कानुनलाई टेकेर प्रतिबन्ध लगाइएको बताए ।

सरकारले सोमबार विप्लप समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले आफूसँग भएका अवैधानिक  हातहतियार ३५ दिनभित्र बुझाउन अपील समेत गरेको छ ।

रातो कार्पेट ओछ्याएरै बिन्ती गर्छौं,  वार्तामा आउनुस्

सरकारका प्रवक्ता बास्कोटाले हिंसात्मक गतिविधि छाडेर वार्तामा आउन विप्लव समूहलाई आग्रह गरे । उनले भने, उहाँहरु आउनुभयो भने रातो कार्पेट बिछ्याएरै, दश औंला जोडेरै बिन्ति छ, आउनुस् । तर, उहाँहरुको अडान हेर्दा त्यस्तो देखिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment