Comments Add Comment

सुजनको उपचारका लागि स्विट्जरल्याण्डबाट ३ लाख २३ हजार सहयोग

काठमाडौं । स्विट्जरल्याण्डमा बस्दै आएका नेपालीहरूले क्यान्सर रोगबाट पीडित कास्कीको अन्नपूर्ण गाउँपालिकाका २५ वर्षीय सुजन पुनको उपचार लागि सहयोग गरेका छन् ।

काठमाडाैंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका पुनको उपचारको लागि स्वीसमा रहेका नेपालीहरूले तीन लाख २३ हजार (२९०१ स्वीस फ्रान्क) रूपैयाँ सहयोग गरेका हुन् ।

रकम दलबहादुर पुनकी बैनी माया पुनमार्फत गायक कस्तुप पन्त र कृष्ण समीप सुवेदीले पीडितका बुवा देउबहादुर पुनलाई अस्पतालमा पुगेर हस्तान्तरण गरेका हुन् ।

पर्वत घर भइ लामो समयदेखि स्विट्जरल्याण्डमा बस्दै आएका दलबहादुर पुनको सक्रियतामा सहयोग रकम संकलन गरिएको हो ।

सुजनको उपचारमा धेरै रकम खर्च हुने र परिवारको आर्थिक अवस्था कमजोर भएको सहयोगका लागि बुवा देउबहादुर पुनले आग्रह गरेका थिए ।

सहयोग संकलनकर्ता दलबहादुर पुनले आर्थिक स्थिती कमजोर भएका बिरामीको लागि सहयोग जुटाउन सहयोग गर्ने र भूमिका खेल्नेहरूलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment