Comments Add Comment

खुमलटारमा सूचना पार्क बनाउने सरकारको निर्णय

रेडियो नेपालको जग्गा दूरसञ्चार प्राधिकरणलाई बेचिने

Photo Credit : फाइल तस्वीर

३० फागुन, काठमाडौं । सरकारले ललितपुरको खुमलटारमा सूचनाप्रविधिसम्बन्धी उद्योग वा व्यवसाय स्थापना गर्नका लागि सूचना पार्क बनाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकारको नाममा रहेको र रेडियो नेपाललाई मोही कायम गरिएको ललितपुर खुमलटारको १ सय १८ रोपनीमा सूचना पार्क अर्थात नलेज पार्क निर्माण गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

रेडियो नेपालको जग्गा दूरसञ्चार प्राधिकरणले किन्ने

सरकारले खुमलटारमै रहेको रेडियो नेपालको १ सय ४२ रोपनी जग्गा नेपाल दूरसञ्चार प्राधिकरणलाई बेच्ने निर्णय गरेको छ ।

उक्त जग्गाको सरकारी दररेटवापतको रकम सञ्चार मन्त्रालयको सहमतिमा प्राधिकरणले रेडियो नेपाललाई दिने निर्णय पनि गरेको मन्त्री बास्कोटाले बताए । यसरी प्राप्त रकम रेडियो नेपालले पूँजीगत कार्यमा मात्र खर्च गर्न पाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment