Comments Add Comment

न्याम्सको भागवण्डा मिल्यो, रजिष्टारमा प्रधानमन्त्रीका निजी चिकित्सक

३० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव यादवको भागवण्ड मिलेपछि सात महिनापछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले उपकुलपति पाउने भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार प्रा. डा. डीएन शाह न्याम्सको उपकुलपति हुने भएका छन् ।

संघीय समाजवादी फोरमको कोटामा साह न्याम्सको उपकुलपति हुने भएका हुन् ।

वीर अस्पतालको निर्देशकमा डा. केदार सेन्चुरी आउने भएका छन् । उनी सत्तारुढ नेकपाको कोटामा आएका हुन् ।

यस्तै न्याम्सको रेक्टरमा डा सुवोध अधिकारी र रजिष्टारमा डा दिलीप शर्मा नियुक्त हुने भएका छन् । शर्मा प्रधानमन्त्री ओलीका निजी चिकित्सक समेत हुन् ।

यस्तै न्याम्सको डीनमा डा पिउस दाहाल र राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा. प्रमोद यादवको नाम तय भएको छ । दुबै फोरमको कोटामा परेका हुन् ।

डीएन शाह र केदार सेन्चुरी दुबै उपत्यका बाहिर भएकाले नियुक्तिको औपचारिक घोषणा हुन ढिलाई भएको हो । तर, पत्र तयार भइसकेको मन्त्रालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment