Comments Add Comment

छुवाछुतविरुद्ध डेढ महिना पदयात्राको घोषणा

३० फागुन, काठमाडौं । जातीय छुवाछुतको व्यवहारिक अन्त्यका लागि होमराज आचार्य र अशोक दर्नालले मेची–महाकाली पैदल यात्राको घोषणा गरेका छन् ।

‘नेपाल पदयात्रा – २०७५’ को नाम दिइएको यो यात्रा अगामी शनिबारबाट गर्ने उनीहरुले बताएका छन् । दोधारा चाँदनीबाट शुरु गर्ने पदयात्र ४५ दिनभन्दा लामो रहने यात्री आचार्यले जानकारी दिए । करिव एक हजार तीन सय २१ किलोमिटर पदयात्रा गर्ने उनीहरुको योजना छ ।

‘कानुन छन्, अधिकारकर्मी छन्, प्रोजेक्ट पनि आइरहेको छ, आन्दोलन पनि भइरहेको छ । तर, कनि विभेद कायम नै छ ?’, आचार्यले भने, ‘गाउँ गाउँ गएर हामीले यसैको जवाफ खोज्ने छौ‌ं ।’

उनले कुनै एनजिओ आइएनजिओको लगानीमा नभई नेपालीकै सहयोगमा पदयात्रा गर्ने बताए ।

सामाजिक न्यायका अध्येता आचार्यले श्रमिक र दलितको विषयमा आवाज उठाउँदै आएका छन् । आठ वर्ष पहिले वासिङ्टन डिसीका मेयरका एड्भाइजरीका रुपमा काम गरिसकेका आचार्य ग्लोबल फेयरनेस इनिसियटी कन्ट्री डाइरेक्टर तथा दक्षिण एसियाका सल्लाहकारसमेत थिए ।

पदयात्री अशोक दर्नालले पदयात्राको क्रममा सामान्य नागरिकदेखि, गाउँपालिका प्रमुख, प्रशाशन, विद्यालय, सार्वजनिक ठाउँमा पुगेर उनीहरुको कथा सुन्दै जनचेतना जगाउने प्रयास गर्ने बताए । यो मुद्दा दलितले भन्दा पनि गैरदलितले बोक्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । लामो समयदेखि पत्रकारिता पेशामा रहेका दर्नाल दलित अनलाइनका सम्पादक पनि हुन् ।

पदयात्रा सकेपछि अफूले भोगेका र जानको कुरालाई काठमाडौंमा सार्वजनिक गर्ने उनीहरुको भनाइ छ । आचार्यले भने, ‘यो यात्रा त्यति सहज छैन । तर, विभेदका विरुद्धमा हामीले आँट गरेका छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment