Comments Add Comment

मरणोपरान्त अङ्ग दान गर्ने उपप्रधानमन्त्री यादवको घोषणा

३० फागुन, भक्तपुर । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गरेका छन् ।

विश्व मिर्गौला दिवसका अवसरमा भक्तपुरमा भएको ददशौं नेपाल प्रत्यारोपण खेलकूद प्रतियोगितामा उपप्रधानमन्त्री यादवले अङ्ग दान गर्ने घोषणा गरेका हुन् । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव र नेपालका लागि कोरियाली राजदूत पार्क योङले आज मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गरेका छन् ।

तीनै जनालाई मरणोपरान्त काम लाग्ने सबै अङ्ग दान गरेको कार्ड कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले प्रदान गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment