Comments Add Comment

यो हो विश्वकै अग्लो मतदान केन्द्र

भारतमा लोकसभा चुनावको मिति तोकिएकै छ । चुनावमा मतदाताले मतदान केन्द्रमा गएर भोट हाल्नेछन् । भारतमा चुनावमा लाखौँ मतदान केन्द्रहरु हुनेछन् । अनि तीमध्ये एउटा मतदान केन्द्र विश्वकै कीर्तिमानी मतदान केन्द्र हुनेछ ।

हिमाञ्चलको लाहौल स्पीति जिल्लास्थित टशिगंग नाम उक्त ठाउँमा रहेको मतदान केन्द्र विश्वमै सबैभन्दा अग्लो ठाउँको मतदान केन्द्र रहेको बताइएको छ । यो मतदान केन्द्र चिनियाँ सीमानाबाट १० किलोमिटर मात्र टाढा छ । यो समुद्र सतहबाट १५ हजार २५६ फिटको उचाइमा छ ।

यसअघि सिक्किमलाई विश्वको सबैभन्दा अग्लो ठाउँको मतदान केन्द्र मानिन्थ्यो जुन १४ हजार ५६७ उचाइमा थियो ।

टशीगंगमा यो मौसममा पनि ३/४ फिटसम्म हिउँ जमिरहेको हुन्छ । हिउँकै कारण मतदान केन्द्रसम्म जाने सडक अहिलेसम्म पनि बन्द छ । सरकारले चुनावको दिनसम्म बाटो खुलाउने छ । मतदान केन्द्रका अन्य तयारीहरु पनि सोबीचमा गरिनेछ ।

त्यस ठाउँका मानिसहरु परम्परागत पहिरन लगाएर भोट हाल्न जानेछन् ।

टशीगंग समुद्र सतहबाट ४६५० मिटरको उचाइमा रहेको छ । अधिकांश समय हिउँ जम्ने हुनाले त्यहाँ बोटविरुवा पनि खासै छैनन् ।

उक्त मतदान केन्द्रमा भोट हाल्ने मतदाताको संख्या जम्मा ४९ रहेको छ । त्यसमा २९ जना पुरुष र २० जना महिला रहेका छन् । सबैभन्दा कम उमेरका मतदाताको नाम कलजंग हो । उनको उमेर १९ वर्ष रहेको छ । त्यस्तै ७८ वर्षका रिगजित सबैभन्दा पाको उमेरका मतदाता हुन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment