Comments Add Comment

इपिएस भाषा परीक्षाको शुल्क ग्लोबल आइएमई बैंकबाट

१ चैत, काठमाडाैं । ग्लोबल आइएमई बैंकले १० औं इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन सेवा प्रदान गर्ने भएको छ ।

चैत ८ देखि १७ गतेसम्म सञ्चालन हुने १० औं इपिएस कोरियन भाषा परीक्षा को परीक्षा शुल्क संकलनका लागि नेपाल सरकार श्रम मन्त्रालय वैदशिक रोजगार विभाग ईपिएस शाखा र ग्लोबल आइएमई बैंकबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका का.मु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र ईपिएस शाखाको तर्फबाट निर्देशक कृष्ण प्रसाद खनालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका पूर्व मेचि देखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना १३३ शाखा कार्यालयहरुमा छुट्टै काउण्टरको व्यवस्था गरि परिक्षा शुल्क संकलन सेवा प्रदान गर्नेछ ।

ग्लोबल आइएमई बैंकको मोवाईल बैंकिङ्ग एप ‘ग्लोबल स्माट’ तथा अनलाईन बैंकिङ्ग ‘ग्लोबल अनलाईन’ मार्फत लाईनमा नबसी जहाँकहिंबाट सरल र सहज तरिकाले सेवाग्राहिले परीक्षा शुल्क भुक्तानी गर्न सक्नेछन् ।

नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभाग ईपिएस शाखासँगको सहकार्यमा सुरुवात देखि नै ग्लोबल आइएमई बैंकले इपिएस भाषा परीक्षा शुल्क संकलन सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंक इपिएस भाषा परीक्षाको शुल्क संकलन गर्ने एक मात्र बैंक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment