Comments Add Comment

विप्लवका हिंसात्मक गतिविधि रोकिनुपर्‍यो : कांग्रेस नेता महत

१ चैत, बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लाउनुभन्दा देशमा भइरहेका आतंकवादी गतिविधि रोक्नतर्फ लाग्नुपर्ने बताएका छन् ।

उनले वार्तामार्फत समस्या समाधान गर्नुपर्ने बताए । ‘मन्त्रिपरिषदले नेकपालाई प्रतिबन्ध लगाउदैमा मुलुकमा विप्लवका गतिविधि रोकिने होइनन्, सरकारले वार्ताको माध्यमबाट द्वन्द्व समाधान गर्नुपर्छ’ उनले भने ।

बुटवलमा आयोजित एक साक्षात्कारमा बोल्दै डा महतले सरकारले देशमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताए । विप्लव नेकपामाथि प्रतिबन्ध ठीक कि बेठीक भन्ने प्रश्नमा उनले भने ‘कानुन विपरीत गतिविधि गर्न कसैलाई छुट छैन, सरकारले निर्णय गरेर मात्रै बस्ने होइन ।’

रेल, पानीजहाजका गफ चुटेर समृद्धि नआउने भन्दै उनले जनताले अनुभूति हुने गरि काम गर्न सरकारलाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment