Comments Add Comment

लागूऔषध र भन्सार छलीको आरोपमा २ जना पक्राउ

१ चैत, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट लागूऔषध कारोबार र भन्सार छलीको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर राक्सीराङ्ग गाउँपालिका-४ बस्ने २५ वर्षीय प्रदीप लामा र वीरगञ्ज महानगरपालिका-२ छपकैया बस्ने ३० वषर्ीय मुकेश राम रहेका छन् ।

वीरगञ्ज महानगरपालिका-१६, रजतजयन्ती चोकस्थित सडकखण्डमा चेकजाँचको क्रमममा भारतीय सीमावर्त शहर रक्सौलबाट ना२८प ५४०३ नंम्बरको स्कुटरमा वीरगञ्जतर्फ आउँदै गरेका लामालाई प्रहरीले लागूऔषधसहित नियन्त्रणमा लिएको थियो । उनको स्कुटरको डिक्कीबाट लागूऔषध अनरेक्स ६४ बोतल फेला पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

लागूऔषध अनरेक्स, स्कुटर र लामालाई नियन्त्रणमा लिएर लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नं २ छपकैयाबाट मुकेश रामलाई नियन्त्रणमा लिएको छ ।

भन्सार छलेर विभिन्न सामान नेपाल भित्र्याउँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता अनन्तराम शर्माले जानकारी दिए ।

रामको साथबाट लोकल पापड २ सय २५ कलोग्राम, ग्यास पाइप ४ रोल र साइकल २ थान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले दुवैजनालाई फागुन ३० गते पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment