Comments Add Comment

घरेलु तथा साना उद्योगमा विदेशी लगानीलाई निषेध

१ चैत, काठमाडौं । घरेलु तथा साना उद्योगमा विदेशी लगानी भित्र्याउन नपाइने भएको छ । संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता समितिले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’मा संशोधन गर्दै साना लगानीका क्षेत्रहरुमा विदेशी लगानी तथा प्रविधि ल्याउन रोक लगाउने व्यवस्था गर्न लागेको हो ।

अब कुखुरापालन, पशुपंक्षी पालन, माछा, मौरी, फलफुल, दुग्ध व्यवसाय, तेलहन, दलहन लगायत कृषि जन्य व्यवसायमा विदेशी लगानी नेपाल भित्र्याउन पाइने छैन ।

समितिले लघु तथा घरेलु र व्यक्तिगत व्यवसायहरुमा स्वदेशी लगानी मात्रै स्वीकार गर्ने गरी बिधेयक संशोधन गरेको छ ।  यसअघि सरकारले प्रस्ताव गरेको बिधेयकमा साना लगानीका क्षेत्रमा पनि विदेशी प्रविधिलाई लगानीका रुपमा स्वीकार गर्ने व्यवस्था थियो ।

अब भने तोकिएका क्षेत्रहरुमा विदेशी प्रविधिलाई लगानीका रुपमा स्वीकार नगर्नेगरी बिधेयक संशोधन गरिएको छ । घरेलु तथा साना उद्योगीले आत्मनिर्भर हुने क्षेत्रमा वैदेशिक लगानी ल्याउन नपाइने व्यवस्था गर्न माग गर्दै आएका थिए ।

संशोधन गरिएअनुसार अब लघु तथा घरेलु र व्यक्तिगत व्यवसायहरुमा पनि स्वदेशी लगानी मात्रै स्वीकार गर्ने व्यवस्था बिधेयकमा गरिएको छ ।

यसअनुसार व्यक्तिगत व्यवसाय (जस्तैः कपाल काट्ने शैलुन) मा विदेशी लगाउन भित्र्याउन पाइनेछैन ।  घरेलु तथा साना उद्योगमा पूर्णतः स्वदेशी लगानीलाई प्रवर्द्धन गर्नेगरी बिधेयक संशोधन गरिएको छ ।

यो पनि पढ्नुहोस विदेशी लगानी प्रस्तावलाई ७ दिनभित्रै स्वीकृति यो पनि पढ्नुहोस सांसदको प्रश्न : मसाज सेन्टर र व्यूटिपार्लरमा विदेशी लगानी किन चाहियो ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment