Comments Add Comment

एभरेष्ट बैंकद्वारा निशुल्क स्वास्थ्य जाँच शिविर तथा आत्मरक्षा शिविरको आयोजना

१ चैत, काठमाडौं । एभरेष्ट बैंकले १०६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समाजमा योगदान पुर्‍याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर र आत्मरक्षा शिविर आयोजना गरेको छ ।

एभरेष्ट बैंकले नर्भिक हस्पिटलको सहकार्य र सभाव नेपालको सहयोगमा पाटन दरबार स्क्वायर स्थित आदर्श कन्या निकेतनमा ग्राहक वर्ग, सामान्य नागरिक र कलजेका विद्यार्थीका लागि निशुल्क स्वास्थ्य जाँच शिविर र आत्म रक्षा शिविर सम्पन्न गरेको छ ।

निशुल्क स्वास्थ्य शिविरबाट करिब २०० महिलाहरु लाभान्वित भएका थिए । कार्यक्रममा महिला सम्बन्धी स्वास्थ्य समस्याहरुको बारेमा पनि सचेत गराइएको थियो ।

साथै आदर्श कन्या निकेतनका महिला विद्यार्थीका लागी आत्मरक्षा शिविरको पनि आयोजना गरिएको थियो । एभरेष्ट बैंकले आˆनो सामाजिक दायित्वको बोध गर्दै अत्याधिक मात्रामा मानिसहरुलाई लाभ हुने गतिविधि साथै कार्यक्रमहरु गर्दै आएको छ ।

बैंकले हाल आफ्ना ९२ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाहृय सन्जाल मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment