Comments Add Comment

सिद्धार्थ बैंकको नयाँ शाखा गणेशस्थान र इमाडोलमा

१ चैत, काठमाडौं । सिद्घार्थ बैंकले काठमाडौंको टोखा र ललितपुरको इमाडोलमा आफ्नो नया्र शाखा स्थापना गरेको छ । बैंकले टोखा नगरपालिकाको गणेशस्थानमा र ललितपुुरको महालक्ष्मी नगरपालिकास्थित इमाडोलमा बिहीबारदेखि नया्र शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले शाखा स्थापना गरिएको जनाएको छ ।

बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा समेत सञ्चालनमा ल्याइएको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ ।

देशभर १४६ वटा शाखा -३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५५ एटीएम र १,२०० भन्दा बढी पीओएस मेसिनमार्फत सिद्धार्थ बैंकले बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकले नगदरहित कारोवार प्रवर्द्घन गर्न हालै क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ । यस्तै कार्डको माध्यमबाट गरिने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन ‘भेरिफाइड बाए भिसा’ सेवा प्रविधिको अवलम्वन गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment