Comments Add Comment

जेन ट्राभल्सलबाट अब अनलाइनमै सेवा

१ चैत, काठमाडौं । जेन ट्राभल्सले अनलाइन बुकिङ तथा टिकट बिक्री सुरु गरेको छ । यो सेवा कम्पनीको वेभसाइट जेन ट्राभल्स डटकमबाट प्राप्त गर्न सकिने छ ।

जेन ट्राभल्सले आफ्नो सेवा चौबिसै घन्टा, हप्ताका सातै दिन फोन, इमेल तथा अन्य डिजिटल माध्यमबाट उपलब्ध गराउने छ ।

‘पर्यटनको क्षेत्र अत्यन्तै प्रतिस्पर्धात्मक छ । ‘हामीलाई ग्राहकहरूले अनलाइनबाट पनि सेवाप्रदान गर्न सुझाव तथा प्रतिक्रिया दिनुभएको छ’ जेन ट्राभल्सका टिकेटिङ इन्चार्ज विशाल रायमाझीले भने ।

अनुसन्धानअनुसार एजेन्सीहरूमा धाउनुभन्दा अनलाइनबाट कारोबार गर्नु अत्यन्तै सहज भएको युवा विद्यार्थीको अनुभव छ ।

यद्यपि वेवसाइटबाट सुविधा लिन आधिकारिक क्रेडिट कार्डको आवश्यकता पर्दछ । यति एयरलाइन्स र बुद्ध एयरका आन्तरिक उडानमा वेवसाइटबाट टिकेटिङ गर्ने पहिलो वेभसाइट जेन ट्राभल्स हो । यो सेवा ट्राभल्सले सन् २०१३ बाट आरम्भ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment