Comments Add Comment

साफ महिलाः समूह विजेताको लागि नेपालले बंगलादेशसँग खेल्दै

२ चैत, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह विजेता बन्ने लक्ष्यमा छ ।

विराटनगरको शहिद रंगशालामा हुने खेलमा दुवै टिम जित हात पार्दै समूह विजेता बन्ने लक्ष्यमा छन् । एक खेल अगावै सेमिफाइनल पुगेका नेपाल र बंगलादेश सेमिफाइनलमा दबाव मुक्त गर्न आजको खेल जित्नै पर्ने लक्ष्यमा छन् ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ३-० गोलअन्तरले पराजित गरेको थियो । बंगलादेशले भने भुटानलाई २-० गोलअन्तरले पराजित गरेको थियो । दुवै खेलमा भुटान पराजित भएपछि यी नेपाल र बंगलादेश एक खेलअघि नै सेमिफाइनल पुगेका हुन् ।

यो पनि पढ्नुहोस कुनै पनि खेल गुमाउन चाहँदैन नेपाल

आजको खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेमा पनि समूह विजेता बन्ने छ । त्यस्तै, समूह ‘बी’ बाट भारत र श्रीलंका सेमिफाइनलमा पुगेका छन् ।

साफ महिला च्याम्पियन बन्ने लक्ष्य लिएको नेपाल कुनै खेल नहारी उपाधि जित्ने लक्ष्यमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment