Comments Add Comment

बलिउडमा जसले समलैंगिताको पक्षमा यसरी वाकलत गरे

बलिउड निर्देशक करण जौहर र बालाजी फिल्म्स्की हर्ताकर्ता एकता कपूरबीच लभ अफेयर छ भन्ने खबरले गसिप बजार तताइरह्यो । आखिरमा न करण र एकताको विवाह भयो, न उनीहरुले अरु दोस्रो व्यक्तिसँग सम्बन्ध गाँसे ।

अहिले दुबै अलग-अलग छन् । अलग मात्र होइन, दुबै आ-आफ्ना सन्तानका मातापिता बनेका छन् । उनीहरुले सेरोगेसीबाट सन्तान जन्माएका हुन् । करणको दुई सन्तानका आमा र बुवा उनी नै हुन् । त्यसैगरी एकताको एक सन्तानको सम्पूर्ण अभिभावक एकता नै हुन् ।

के भनिन्छ भने, करण जौहर आफैमा समलिंगी हुन् । त्यतीमात्र होइन, बलिउडका कतिपय पुरुष सेलिब्रेटीसँग उनको नाम जोडिने गर्छ । यता एकतामाथि पनि यस्तै किसिमको चर्चा हुनेगर्छ ।

त्यसो त बलिउडमा यस्ता थुप्रै सेलिब्रेटी छन्, जसमाथि ‘समलिंगी’को ट्याग लाग्ने गर्छ ।

अर्को कुरा समलिंगी हुनु कुनै दोष होइन । कसैले पनि चाहेर आफ्नो लिंग तय गर्ने होइन । यो गर्भबाटै विकास भएर आउने कुरा हो । यद्यपी हाम्रो समाजले अझैपनि समलिंगी व्यवहारलाई खुला रुपले स्विकार्न कन्जुस गरिरहेको छ । यस्तो लाग्छ, मानौ समलिंगी भनेका अपराधी हुन् । उनीहरु समाजभन्दा बाहिरका प्राणी हुन् ।

यसरी समाजले पक्षपातपूर्ण व्यवहार गरिरहेका समलिंगीहरुलाई बलिउडले भने त्यही समाजसँग कसरी जोड्ने भनेर अभ्यास गरिरहेको छ ।

भारतमै पनि समलैंगितालाई एक गंभीर मुद्दाको रुपम हेरिन्छ । त्यहाँको समाजले पनि समलिंगी व्यवहारलाई हार्दिकतापूर्वक स्विकार्न सकिरहेको छैन । यद्यपी त्यहाँको कानुनले समलैंगिक सम्बन्धलाई भने मान्यता दिएको छ ।

जसै भारतमा समलैंगिक सम्बन्धलाई कानुनी मान्यता मिल्यो, आम नागरिकदेखि बलिउड फिल्म उद्योगसम्मले यसमा खुसी व्यक्त गरे । हुन त यसमा बलिउडको ठूलो भूमिका छ, जसले समलिंगी समाजभन्दा अलग प्राणी होइन भनेर पुष्टि गरिरहे ।

वास्तवमा फिल्मले दर्शकलाई मनोरञ्जनको खुराक मात्र दिने होइन, कतिपय मुद्दा उठाउने वा त्यसमाथि बहस पनि गर्ने हो । समाजले नदेखेको, समाजले अस्विकार गरेका कुराहरुलाई सहजीकरण पनि गर्ने हो । अतः यहाँ त्यस्तै फिल्मबारे चर्चा गरिएको छ, जसले समलिंगीको पक्षमा वाकलत गरे ।

मनोज बाजपेयी अर्थात समलिंगी शिक्षक

सन् २०१५ मा एउटा फिल्म आएको थियो, अलीगढ । मनोज बाजपेयीको केन्दि्रय भूमिका रहेको फिल्ममा एक यस्ता शिक्षकको कथा थियो, जो समलिंगी हुन् । फिल्ममा मनोज बाजपेयीले निकै सुन्दर ढंगले आफ्नो भूमिका निर्वाह गरेका थिए । फिल्मलाई हंसल मेहताले निर्देशन गरेका थिए, जसमा राजकुमार रावको पनि अहंम भूमिका थियो ।

समलिंगी महिलाको कथा

फिल्मको नाम, फायर । सन् १९९६ मा प्रदर्शनमा आएको यो फिल्ममा दुई यस्ता महिलाको कथा छ, जो समलिंगी हुन् । उनीहरुले समयसँगै आफ्नो यौन व्यवहारबारे थाहा पाउँछन् । फिल्मले समलिंगी व्यवहारसँग अन्य मुद्दा पनि उठान गरेको थियो । दीपा मेहताको यो फिल्ममा शबाना आजमी र नन्दिता दासले मूख्य भूमिका निर्वाह गरेका थिए ।

एचआइभी संक्रमित पौडीबाज

‘माइ ब्रदर निखिल’ सन् २००५ मा प्रदर्शनमा आएको फिल्म हो । यो एक पौडीबाजको कथा हो, जो समलिंगी छिन् । उनी पौडीका च्याम्पियन हुन् तर एचआइभी जस्ता गंभीर रोगका संक्रमित पनि । यही कारण उनलाई स्विमिङ टिमबाट बाहिर निकालिन्छ । फिल्मको कथा एकदमै सुन्दर छ ।

गर्लफ्रेन्ड

फिल्मको नामबाट नै भेउ पाउन सकिन्छ कि, यो फिल्म लेस्बियन सम्बन्धमाथि बनेको छ । फिल्ममा ईशा कोपिकर र अमृता आरोराले मूख्य भूमिका निर्वाह गरेका थिए । गर्लफ्रेन्ड जतिबेला सार्वजनि हुँदै थियो, त्यसबेला यस फिल्मलाई लिएर एकदम विरोध भएको थियो ।

हनिमुन ट्राभल प्राइभेट लिमिटेड

सन् २००७ मा प्रदर्शनमा आएको यो फिल्म यस्ता ६ दम्पतीको कथामा आधारित छ, जो हनिमुनमा गएका छन् । फिल्मले सुरुमा हसाउँछ तर जब समलैंगिकतामथि कथाले प्रवेश गर्छ, दर्शकको आँखामा आँशु आउँछ ।

फेसन

मधुर भन्डारकरको यो फिल्मले फेशन उद्योगको भित्री कथा उधिनेको छ । फिल्ममा कंगना रणवत र पि्रयंका चोपडाको मूख्य भूमिका छ । फिल्मले फेसनका साथसाथै समलैगिकताको मुद्दा पनि उठाएको छ ।

आइ एम

यो फिल्मले भारतको राष्ट्रिय अवार्ड जितेको थियो, जो समलिंगीको पिषयमा पनि वाकलत गर्छ । फिल्ममा चार भिन्न भिन्नै कथा पेश गरिएको छ, त्यसमध्ये एक समलिंगीबारे छ ।

बम्बे टकिज

भारतिय सिनेमाको स्वर्ण जयन्ति अर्थात सय बर्ष पुरा गरेको अवसरमा चार निर्देशक मिलेर यो फिल्म बनाएका थिए । फिल्ममा चार अलग अलग कथा छ । त्यसमध्ये दुई कथा यस्तो छ, जसमा खुलेर समलिंगीको बारेमा देखाइएको छ ।

मार्गरीटा विद द स्ट्रा

सन् २०१५ मा प्रदर्शनमा आएको यो फिल्मले एकसाथ केही मुद्दा उठान गरेको थियो । फिल्मको मूख्य भूमिका कल्कि कोचिनले निर्वाह गरेका थिए, जो सेरेबल प्यालसी नामको रोगले पीडित छन् । फिल्ममा जब कल्की विदेशमा पढ्न जान्छे, तब उनले खुलेर आफ्नो यौन व्यवहारबारे चर्चा गर्छ । वास्तवमा उनी बाई सेक्सुअल हुन्छन् । फिल्मको कथा एकदमै घतलाग्दो छ ।

कपूर एन्ड सन्स

सन् २०१६ मा प्रदर्शनमा आएको यो फिल्म शकुन बत्राले बनाएका हुन् । करण जौहरको ब्यनरमा बनेको यो फिल्मले समलिंगी सम्बन्धको बारेमा वाकलत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment