Comments Add Comment

‘फूलको विद्रोह’ लिएर आइन् अनिता न्यौपाने

२ चैत, काठमाडौं । कवि अनिता न्यौपानेले कविता संग्रह फूलको विद्रोह लिएर पाठक माझ आएकी छिन् । उनको कविता संग्रह शनिबार काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।

कविताकृतिको वरिष्ठ साहित्यकार तथा राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी (श्यामल) सहित साहित्यकार लक्ष्मण गाम्नागे, निमेष निखिल, ज्ञानु अधिकारी संयुक्त रुपमा विमोचन गरेका थिए ।

एक दशकभन्दा लामो समयदेखि मकवानपुरमा रहेर साहित्य सिर्जनामा क्रियाशिल न्यौपानेको फूलको विद्रोह पहिलो कृति हो । एकसय २१ पृष्ठ रहेको संग्रहमा ४५ वटा कविता रहेका छन् ।

साहित्य सङ्गम मकवानपुर र आँचल साहित्य कला पुञ्जको उपाध्यक्ष रहेकी न्यौपानको कविता संग्रह मञ्जरी पब्लिकेशनले प्रकाशित गरेको हो । मञ्जरी पब्लिकेशनका अध्यक्ष गाम्नागेको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार श्यामलले साहित्यले समाज बोल्नुपर्ने बताए । उनले साहित्यले समाजलाई सही मार्गमा हिँडाउनका लागि खबरदारी गर्नुपर्ने उल्लेख गरे ।

कविताकृति फूलको विद्रोहमाथि साहित्यकार निमेष निखिल र ज्ञानु अधिकारीले समीक्षा गरेका थिए । कृतिले देश, समाजमा भएका हरेक पक्षलाई काव्यिक रुपमा व्यक्त गर्न सफल रहेको अधिकारीले बताइन् । उनले अधिकांश कविताले विशेषगरी नारी चेत बढी पाइएको बताए ।

यसै समिक्षक निखिलले कृति पठनिय र सशक्त रहेको बताए । उनले समाजका यावत कुरालाई सचेततापूर्वक कविता मार्फत कविले व्यक्त गरेकाले पाठकको रोजाइमा पर्ने उल्लेख गरे । कवि न्यौपानले यसपछि निबन्ध र उपन्यासको तयारी भइरहेको बताइन् । निबन्ध सङ्ग्रह अन्तिम तयारीमा रहेको र उपन्यास लेखनकै क्रममा रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment