Comments Add Comment

मिडियासँग बर्षाको आक्रोशः ‘म भेट्दा बोलेकी छु त, अरु के गर्नुपर्ने हो ?

पछिल्लो समयमा युटुबको विकाससँगै सेलिब्रेटीहरुमा सिमित घेरामा रुमल्लिने बानी परेको गुनासो सुनिन थालेको छ । कलाकारले केही युटुबरलाई मात्र च्याप्ने र उनीहरुकै पछि दौडने शैलीको विकास भएको चर्चा चलचित्र बजारमा चल्न पनि थालेको छ । यस्तै, युटुबर पनि न्यूज भन्दा भ्यूजको पछि लागेको भन्दै आलोचना पनि चर्किन थालेको छ ।

यही क्रममा नायिका बर्षा सिवाकोटीले पनि यस्तै आक्रोश पोखेकी छिन् । चलचित्र ‘पुरानो बुलेट’ हलमा रिलिज भएपछि कसैको पनि साथ नपाएको भन्दै उनी आक्रोशित भएकी हुन् । शनिबार काठमाण्डौको कुमारी हलमा भेटिएकी नायिका सिवाकोटीले भनिन्–‘कसैको जता फर्किएको पनि समाचार बन्ने, कसैको चलचित्र चल्दा पनि समाचार नबन्ने, यस्तो किन ?’

उनले मिडियाले राम्रो कुरालाई साथ नदिएको भन्दै आक्रोश पोखिन् । उनले अगाडि भनिन्–‘म सबैसँग भेट्दा बोलेकी नै छु त, अरु के गर्नु पर्ने हो र ?’ बर्षाको यो आक्रोशले अहिले चलचित्र क्षेत्रमा तरंग उत्पन्न गरेको छ । नायिका सिवाकोटीले आफू अभिनित चलचित्र ‘पुरानो बुलेट’लाई दर्शकले राम्रो प्रतिक्रिया दिदा पनि मिडियाले वेवास्ता गरेको भन्दै आफू कुनै स्टारको छोराछोरी नभएको, कुनै युुटुबरको अफिसल कलाकार पनि नभएको भन्दै आक्रोश पोखेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment